काठमाडौं । प्राकृतिक प्रकोपमा हुने जोखिम न्यूनीकरण गर्न आवश्यक सीप र ज्ञान दिने उद्देश्यले ललितपुर महानगरपालिकाको चाकुपाटमा निर्माण गरिएको ‘मित्र डिजास्टर रिस्क रिडक्सन लर्निङ सेन्टर’आइतबारबाट संचालनमा आएको छ ।
संभवत नेपालकै पहिलो रिस्क रिडक्सन लर्निङ सेन्टरको उद्घाटन नेपालका लागि जापानी राजदुत मासामिची साइगो, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालले संयुक्त रुपमा गरेका छन ।
उक्त केन्द्रमा प्रकोपको पूर्व तयारी, प्रकोपमा हुने क्षतिबाट जोगिने उपायका बारे जानकारी पाउन सकिन्छ । त्यसैगरी नेपालमा हालसम्म भएका मुख्य प्रकोपको इतिहास, तिनले पु¥याएको क्षतिका बारेमा समेत केन्द्रले जानकारी उपलब्ध गराउने छ । नेपालमा भइरहने प्रकोपहरु भूकम्प, बाढी पहिरो , आँधी हुरी , आगलागी साथै प्रकोपका बेला घाइते भएकाहरुको तत्काल उपचार गर्ने सीप समेत सिकाइने केन्द«ले जनाएको छ ।
कार्यक्रममा राजदुतले यस्तो लर्निङ सेन्टरले नेपालमा हुन सक्ने प्रकोपबाट जोगिन र त्यसले पु¥याउने क्षति कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले प्रकोपको क्षति न्यूनीकरण गर्न पूर्व तयारी आवश्यक रहेको बताए । एसिया प्रशान्त क्षेत्रका सहरहरु र सरोकारवाला निकायहरुको संजाल सिटीनेट, जाइका, प्लस आर्ट र तोसिबा फाउण्डेसनकोे सहयोगमा निर्माण भएको उक्त केन्द«मा विद्यार्थी, शिक्षक र समुदायलाई प्राथमिकता दिइने केन्द्रका व्यवस्थापक दीपक मरहठ्ठाले जानकारी दिए ।
कार्यक्रममा प्लस आर्टका प्रमुख हिरोकाजु नागाताले जापानले कोबेको भुकम्पबाट पूर्वतयारी, जोखिम न्यूनीकरणको बारेमा धेरै सिकेको बताए । उनले विद्यार्थीहरुबाट पूर्व तयारी र जोखिम न्यूनीकरणका बारेमा प्रवाह गरिने सन्देश प्रभावकारी भएको बताए ।