काठमाडौं। नेपालका लागि आइकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइलले लोकप्रिय आइकार भी–२३ मा विशेष सीमित-स्टक अफर घोषणा गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले ५०.९९ लाखको पूर्व-बजेट मूल्यमा आइकार भी–२३ खरिद गर्न सक्नेछन्। बजेटपछिको आधिकारिक मूल्य ५३.९९ लाख कायम गरिएको थियो।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आइकार भी–२३ को आधिकारिक बिक्री मूल्य ५३.९९ लाख निर्धारण गरिएको छ। तर, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै एसपीजी अटोमोबाइलले सीमित संख्यामा उपलब्ध स्टकका लागि आइकार भी–२३ लाई पुरानै मूल्य ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्ने कम्पनीको भनाइ छ। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य ५३.९९ लाख अनुसार हुने कम्पनीले जनाएको छ।
आइकार भी–२३ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको कम्पनीले उल्लेख गरेको छ। रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ किलोवाट ब्याट्री क्षमता, ४०१ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज तथा २१० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको कम्पनीको भनाइ छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले नेपाली इभी पारखीहरूको रोजाइको गाडी बनाएको छ।
यस विशेष अफरको लाभ लिन ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको आइकार शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ। यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुने र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने कम्पनीले जनाएको छ।