काठमाडौं। संघीय सरकारले मोरङ जिल्लाका लागि आगामी आर्थिक वर्षका लागि सवा ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो सरकारले चालू आर्थिक वर्षको लागि पौने ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो, जुन ५५ अर्ब रुपैयाँ कम हो।
राष्ट्रिय स्वतन्त्र पाटीको करिब दुई तिहाइको सरकारले मोरङ जिल्लाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को लागि कुल ८ अर्ब १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। एमाले र कांग्रेसको बहुमतको अघिल्लो सरकारले चालू आर्थिक वर्षको लागि मोरङमा ८ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
मोरङका लागि आगामी आवमा विनियोजन गरिएको कुल बजेटमध्ये समानीकरण अनुदानमा २ अर्ब ६० करोड २१ लाख रुपैयाँ छ, चालू वर्षका लागि २ अर्ब ५६ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो।
यस्तै, ससर्त अनुदानमा आगामी आवका लागि ५ अर्ब १५ करोड ३४ लाख रुपैयाँ र समपुरकका लागि १८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन छ। चालू वर्षको लागि ५ अर्ब ७० करोड २१ लाख रुपैयाँ ससर्तमा र १८ करोड ७ लाख रुपैयाँ समपुरक अनुदानमा छुट्याइएको थियो। साथै, आगामी आवको लागि विशेष अनुदानमा २३ करोड ५ लाख रुपैयाँ छ, चालू वर्षका लागि २६ करोड ५७ लाख रुपैयाँ विनियोजन भएको थियो।
आगामी आवको लागि विनियोजित बजेटमध्ये चालूतर्फ ७ अर्ब ६७ करोड ४७ लाख र पुँजीगतका लागि ४९ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन छ। चालू वर्षको लागि चालूतर्फ ७ अर्ब ४३ करोड ८७ लाख र पुँजीगत प्रकृतिमा १ अर्ब ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।
मोरङ जिल्लामा एक महानगरपालिका (विराटनगर), ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन्। संघीय सरकारले मोरङ जिल्लामा विनियोजन गरेको बजेटमध्ये महानगरपालिकालाई १ अर्ब ७ करोड २८ लाख रुपैयाँ, नगरपालिकालाई ४ अर्ब ३६ करोड र गाँउपालिकालाई ३ अर्ब ९ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
मोरङको एकमात्र महानगरपालिका विराटनगरलाई आगामी वर्षका लागि १ अर्ब ७ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ। गत वर्षको १ अर्ब १७ करोड ६८ लाखको तुलनामा यो करिब १० करोड ४० लाख रुपैयाँले कम हो। नगरपालिकाहरूमध्ये सुन्दरहरैंचा र उर्लाबारीको बजेटमा ठूलो गिरावट आएको छ भने पथरी शनिश्चरे र बेलवारीको बजेट बढेको छ।
कुन नगरपालिकालाई कति बजेट

यस्तै, मोरङका ८ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउनेको सूचीको पहिलो नम्बरमा सुन्दरहरैचा नगरपालिका र सबैभन्दा कम पाउँनेमा लेटाङ्ग नगरपालिका छ। भने गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट पाउँनेमा ग्रामथान र सबैभन्दा कम पाउँनेमा कटहरी गाउँपालिका रहेको छ। चालू वर्षकोभन्दा गाउँपालिकातर्फ ग्रामथान गाउँपालिकाको बजेट ४ करोड ६ लाख रुपैयाँले बढ्दा बुढीगंगा गाउँपालिकाको ११ करोड १४ लाख रुपैयाँले घटेको छ।
कुन गाउँपालिकामा कति बजेट
