आइतबार​, असोज १० २०७८ ०९:०१ PM

×

कोभिडका कारण मलेसियामा २७ हजार नेपालीले गुमाए रोजगारी 

images

काठमाडौं । कोभिडको दोश्रो लहरका कारण मलेसियामा २७ हजार नेपालीले रोजगारी गुमाएका छन् । विशेष गरेर सेवा क्षेत्रमा कार्यरत नेपालीहरुले रोजगारी गुमाएका हुन् ।

रोजगारी गुमेपछि अहिले दैनिक १५० देखि २०० जनासम्म नेपालीहरु स्वदेश फर्किरहेको गैरआवासीय नेपाली संघ मलेसियाका पूर्वअध्यक्ष  हरि भट्टराईले जानकारी दिए ।

कोभिडका कारण हालसम्म ६० देखि ७० हजार नेपालीहरुले रोजगारी गुमाइसकेको बताउँदै कोभिडले मात्र हालसम्म १०६ जना नेपालीले ज्यान गुमाएको उनले बताए । मलेसियामा अहिलेपनि लकडाउन जारी रहेको छ ।

मलेसियामा धेरै नेपालीहरु रोजगारीका लागि गएका छन् । पछिल्लो केहि वर्षदेखि भने त्यहाँ रोजगारीका लागि जाने रोकिएको छ । 
 

बिहीबार १७ भदौ २०७८ ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया