काठमाडौं । चौरी गौठमा रहँदा फाट्टफुट्ट आउने पर्यटकहरुलाई खाना र खाजा खुवाउन थाले । पर्यटक हरु टेन्ट र म्याटिसमा रात बिताउनु परेको बाध्यताहरु पनि देखे । र त्यहीँ चौरी गोठलाई व्यवस्थित बनाएर होटलको रुप दिए । सोही होटल मर्दी हिमाल क्षेत्र को सबैभन्दा उच्च ठाउँमा रहेको पहिलो बन्यो ।
जसको कारण मर्दीमा जाने पर्यटकहरुलाई सहज मात्र भएन,विश्वसामु हिमालको परिचयसम्म पुग्यो । बिडम्वना आज सोही हिमालको परिचय गराउने सदीप गौतमले अंल्पकालमै संसार छोडेर गए। अर्थात् शुक्रबार साँझ होटलमा पानि नआएपछि पानी जोड्न गएका गौतम कहिल्यै नफर्कने गरी स्वर्गको बाटोमा लागे ।
सुदीपसँग निकट रहेका पोखराका पर्यटन व्यवसायी हरि भुजेलका उनले स्विट्जरल्याण्ड सपना त्यागेर सुदीपले ३ हजार ६ सय मिटर उचाइमा रहेको हाइक्याम्पमा चिया पसलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । जुन ठाउँमा १० वर्षअघिसम्म त्यहाँ गाउँलेले गोठ बनाएका थिए।
गोठमा चियापसल खोलेपछि सुदीपले सुरूआतमा ८ कोठाको ‘ट्रेकर्स प्याराडाइज’ होटल खोले। कोभिडका बीचमा सोही होटललाई स्तराेन्नतिका लागि ७०/७५ लाख रूपैयाँ खर्च गरेको गौतमले सुनाएको भुजेलको भनाइ छ। पर्यटकिय सिजन सुरु भएकाले चहपहल बढ्ने अपेक्षा उनले लिएका थिए ।
मिजासिलो स्वभावका गौतम मर्दी हिमालको मुख्य सम्पति नै थिए,भुजेलले भने,उनको निधनले एक प्रतिभावान् पर्यटन व्यवसायी गुमायो । मर्दी पदमार्ग पर्यटन व्यवसायी तथा व्यवस्थापन समिति गठन गरेर संस्थापक अध्यक्ष बनेका सुदीपले हाइक्याम्पमै आफ्नो होटल नजिकै अन्य युवालाई पनि होटल चलाउन प्रेरित गरे। जसले पर्यटकलाई बस्न खानको सुविधा दियो।
यसरी सुदीपको पहलकदमीमा १० वर्षमै मर्दी पदमार्ग नेपाली र विदेशीका लागि सबभन्दा लोकप्रिय पदमार्गका रूपमा स्थापित हुन पुग्यो।
अहिले पनि अन्नपूर्ण क्षेत्रका दर्जनौं पदमार्गमध्ये सबैभन्दा धेरै पदयात्री मर्दी पदमार्गमा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। नेपाल पर्वतारोहण संघ गण्डकीका सचिवसमेत रहेका सुदीपले कोभिड– १९ महामारीका बेला हिमाल आरोहणका नयाँ रूट पत्ता लगाए।
मर्दी पदमार्गमा जाने पदयात्रीलाई होचा हिमाल आरोहणमा आकर्षित गर्नुपर्ने सुदीपका योजना थियो। त्यसका लागि अमेरिकामा आरोहण प्रशिक्षण दिइरहेका जगन्नाथ लामिछानेदेखि पोखराका अन्य आरोहीले पनि उनलाई साथ दिए।
गत वर्ष मात्र विश्वकै चर्चित खेल स्कीको तालिम मर्दी पदमार्गमा गरिएको थियो। उक्त तालिममा बेलायती प्रशिक्षक सहभागी थिए। मर्दी पदमार्गलाई स्थापित गर्ने मात्र होइन, पदयात्रीलाई हिमाल आरोहणमा आकर्षित गर्ने र विश्वकै महँगो खेल मानिएको स्कीलाई नेपालको पर्यटन बजारमा भित्राउने उनको योजना थियो।
माछापुच्छ्रे गाउँपालिका ९ सिदिङका सुदीपले गाउँलेको सेवामा पनि उत्तिकै चासो दिएका थिए। सदीपले होटल सुरु गरेपछि अहिले त्यो क्षेत्र मा धेरै होटलहरु बनिसकेका छन् । त्यहाँ होटल फैलनुमा मुख्य श्रेय उनै गौतमलाई जान्छ । गौतमले होटल मात्र बनाएनन् त्यस क्षेत्रमा पदयात्राका लागि प्रचाप्रसारमा समेत लागे ।
मर्दीको बिषयमा जानकारी लिनु परेमा अधिकाशको मुख्य स्राेत नै गौतम पर्ने गरेका थिए,व्यवसायी भुजेलले भने । हार्दिक श्रध्दाञ्जलि सुदीप !