सोमबार, माघ ३ २०७८ १०:४८ PM

×

नबिल डिबेन्चर २०८५ सूचीकरण सम्झौता, ८ प्रतिशत ब्याज दिने

images

काठमाडाैं । नबिल बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को  २२ लाख ७ हजार १०८ कित्ताथान ऋणपत्र सूचीकरण सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति गत साउन १० गते आह्वान गरी साउन ३१ गते बाँडफाँट गरेको थियो । सूचीकृत ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को दोस्राे बजारको कारोबार आजबाट  नेप्सेमा शुरू हुनेछ । सात वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साउन ३० गते हुनेछ ।

बिहीबार १६ मंसिर २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया