सोमबार, माघ ३ २०७८ १०:०७ PM

×

घोडाघोडी रामसार क्षेत्रमा चरा फोटोग्राफी प्रतियोगिता आजबाट सुरु

images

काठमाडौं । कैलालीको घोडाघोडी रामसार क्षेत्रमा बिहीबारदेखि दुई दिने चरा फोटोग्राफी प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा चरा फोटोग्राफर, चराप्रेमी तथा चराविज्ञहरुको उपस्थिति छ । दुई दिन आयोजना हुने उक्त प्रत्योगितामा चराको उत्कृष्ट फोटो खिँच्ने ३ जना फोटोग्राफरहरुले प्रमाणपत्रसहित नगद पुरस्कार पाउनसक्ने छन् । जसमा प्रथम पुरस्कार ३० हजार, दोस्रो २० र तेस्रोले १० हजार पुरस्कार पाउने छन् ।

सहभागी प्रतिस्पर्धीहरुले घोडाघोडी ताल क्षेत्र वरिपरि पाइने चराहरुको तस्विर खिँच्न पर्नेछ । नेपालको तराई भूभागको सबैभन्दा ठूलो घोडाघोडी ताल क्षेत्र जैविध विविधताले भरिएको चराहरुका लागि महत्वपूर्ण आश्रयस्थल हो ।

 

बिहीबार १६ मंसिर २०७८ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया