×

२४ घण्टामा थपिए ५३ कोरोना संक्रमित, २० जना निको भए

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । २ हजार १ सय २० वटा नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ सय ३३ पुगेको छ । ४७ हजार ४४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आइतबार​ १९ असार २०७९ ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया