×

बजेट बनाउँदाकाे अघिल्लो रातकाे सीसीटीभी फुटेज डिलिट भएकाे अर्थ मन्त्रालयकाे जवाफ

images

काठमाडाैं । अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ ।

मन्त्रालयले आइतबार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाउँदै बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको बताएकाे हाे । 

अर्थमन्त्री जनार्दन शर्मामाथि असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर रातारात करका दर परिवर्तन गर्न लगाएको आरोप लाग्दै आएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भने मन्त्रालयले सूचना दिन इन्कार गरेकाले अब कानुनी बाटो समात्ने बताएका छन्। 

आइतबार​ १९ असार २०७९ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया