×

काठमाडौंमा सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा

images

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं उपत्यकामा थप तीन  ठाउँमा शाखा खेलेकाे । ठूलो भर्‍याङ, थली र बूढानीलकण्ठमा तीन शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरूमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या ३२ पुगेको छ। देशभरिको सञ्जाल १ सय ७७ पुगेको छ। 

वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्दै आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामक निकायले तोकेको सीमाभित्र कायम गरेको छ । १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

आइतबार​ १९ असार २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया