काठमाडाैं । २०२२जुन महिनामा नेपालमा झन्डै ४७ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नाै सय ५७ जना पर्यटक नेपाल आएका छन् ।
यसरी नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतबाट रहेका छन् । भारतबाट मात्रै २३ हजार २ सय ४८ पर्यटक आएका छन् ।
समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० जना, सार्कबाहेक एसियाका अन्य देशबाट २ हजार ३ सय ६९ पर्यटक नेपाल आएका हुन् ।
यस्तै युरोपका विभिन्न देशबाट ४ हजार सात सय ८७, अस्ट्रेलिया र न्युजिल्यान्डबाट १ हजार पाँच सय ४९, अमेरिका र क्यानडाबाट ८ हजार नाै सय ८० जना र अन्य देशबाट ३ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएका पर्यटन बाेर्डले जनाएकाे छ ।
कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को जुन महिनामा ६१ हजार ३ सय ५१ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ काे जनवरीयता ६ महिनामा २ लाख ३७ हजार ६ सय ९६ जना पर्यटक नेपाल भित्रिएका बाेर्डले जानकारी दिएकाे छ ।
प्रतिक्रिया