×

चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

images

चीन । ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् ।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ सहरनजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले  जनाएको छ । 

प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ  ।

बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् ।

विज्ञप्तिअनुसार खोजी तथा उद्धारकार्य जारी छ । केही चालक दलले जहाजलाई त्यागेका थिए, उनीहरूलाई सुरक्षामा तान्न प्रयासमा बाधा पुर्याएका थियो’, उद्धारकर्ताहरूले भने ।

 न्यूयोर्क पोस्टका अनुसार  ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ ।
 

आइतबार​ १९ असार २०७९ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया