×

सेन्चुरी फुडको व्यापार २९ प्रतिशतले बढ्याे, १ अर्ब ६१ करोडको कारोबार 

images

काठमाडौं । सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योग प्राइभेट लिमिटेडको व्यापार २९ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ कारोबार गरेको छ ।

सन् २०२० मा १ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । एक वर्षको बीचमा सेन्चुरीको कारोबार ३६ करोड रुपैयाँले बढेको छ ।

सन् २०१९ मा उद्योगले ८७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । यस्तै चालू वर्षको ९ महिनामा उद्योगले १ अर्ब ३६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

सन् २००१ मा स्थापना भएको सेन्चुरीले लामोजिरा बासमती र खुदी चामलको प्याकेजिङ तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले थकाली, मुवारक, सन्चो कोहिनुरु, सुवास र झमझम ब्रान्डकाे चामल पनि उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

यीमध्ये थकाली ब्रान्डले बजार विस्तार गरिरहेको उद्योगले  जानकारी दिएको छ । 

उद्योगले ७७ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङसले नेपाल लिमिटेडले केयर एनपी ए थ्री रेटिङ दिएको छ । उत्पादित खाद्यान्न देशका विभिन्न ७०० वटा खुद्रा बिक्रेतामार्फत उपभोक्तामा पुर्याइरहेको छ । 


 

आइतबार​ १९ असार २०७९ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया