×

जगदम्बा सिमेन्टले ९ महिनामा गर्यो २ अर्ब १९ करोडको व्यापार

images

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घरना शंकर ग्रुप र सौरभ ग्रुपको लगानी रहेको जगदम्बा सिमेन्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडको व्यापार बढ्दै गएको छ । चालू आर्थिक वर्षको ९ महिनामा उद्योगले २ अर्ब १९ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको छ ।

४ वर्षअघि ( सन् २०१८ ) मा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँसम्मको सिमेन्टको व्यापार गरेकोमा सन् २०२१ मा आइपुग्दा कारोबार खुम्चिएको थियो । सन् २०२१ मा जगदम्बा सिमेन्टले २ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । यस्तै सन् २०२० मा उद्योगले २ अर्ब ४४ करोड रुपैयाँको मात्र कारोबार गरेको थियो ।

४ वर्षको अवधिमा सन् २०२० मा सिमेन्टको व्यापारमा सबैभन्दा बढी गिरावट आएको जगदम्बाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २०१९ मा ३ अर्ब ७९ करोड ४० लाख  रुपैयाँको सिमेन्ट कारोबार गरेको उद्योगले जनाएको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा उद्योगको उत्पादन वृद्धि भएको छ । ९ महिनामा उद्योग ९० प्रतिशत क्षमतामा सञ्चालन भएको जगदम्बाले जनाएको छ । उद्योगले प्रसिद्ध जगदम्बा ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यद्यपि कोरोना महामारीले उद्योगको उत्पादनमा गिरावट आउँदा व्यापारमा असर गरेको थियो । 

उद्योगले आवश्यक कच्चावस्तु क्लिंकर ग्रुपकै सर्वोत्तम सिमेन्ट लिमिटेडबाट लिने गरेको छ । कोइलाको मूल्य, अस्थिर ब्याजदर कम्पनीको वृद्धिशील वित्तीय अवस्थामा असर पर्ने इक्राले औल्याएको छ ।

शंकर ग्रुपले सन् २००१ मा स्थापना गरेका जगदम्बाले नेपालमा सिमेन्ट उत्पादन र बिक्रीवितरण गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता दैनिक १ हजार टन रहेको छ । उद्योग रुपन्देहीको भैरहवामा छ ।

 उद्योगले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ ऋणको रेटिङ गरेको छ । इक्रा नेपाल लिमिटेडले जगदम्बाको ऋणलाई इक्राएनपी ए फोर प्लस रेटिङ दिएको छ । 

शंकर र सौरभ ग्रुपले सिमेन्टको अतिरित्त स्टिल उत्पादन गर्दै आएका छन् । शंकरले सन् १९९४ मा जगदम्बा स्टिल उद्योग सञ्चालनमा ल्याएको हो । 

सौरभ समूह र शंकर समूह निर्माण सामग्रीको निर्माण सामाग्रीको लामो उपस्थितीले गर्दा जगदम्बा सिमेन्टको सञ्चालन ट्र्याक रेकर्ड राम्रो रहेको छ । दुबै ग्रुपको  सिमेन्ट र स्टिललगायत अन्य निर्माण समाग्री उत्पादनमा ठूलो लगानी रहेको छ । 

नेपालमा ५५ वटा सिमेन्ट र २० वटा कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । केही सिमेन्ट र क्लिंकर उद्योग पाइपलाइनमा रहेका छन् । 

आइतबार​ १९ असार २०७९ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया