×

स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकको कारबाही

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेबापत स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिड एन्ड कर्मस (एनसीसी) बैंकलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकले आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमासमा गरिएको गैरस्थलगत सुपरिवेक्षणको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसीसीलाई नगद जरिवाना गरेको छ । 

स्ट्यान्डर्ड चार्टर्डलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८८१ रूपैयाँ ७५ पैसा जरिवाना गरिएको छ  ।

बिहीबार १९ साउन २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया