बिहीबार, मंसिर १६ २०७८ ०३:५२ PM

×

परम्परागत रुपमा लक्ष्मी पूजा

images

लक्ष्मी पूजा लामो समयदेखि मनाउदै आएका छौं । परम्परागत रुपमा गरिदै आएको पुँजालाई अहिलेपनि निरन्तरता दिँदै आएका छौं । पुर्खाहरुदेखि गरिदै आएको आस्थाको धरोहर लक्ष्मी माताको पुँजा विषेश महत्व र प्राथमिकतामा राखेर गर्ने गरिन्छ ।

धन लक्ष्मीको उपनाम समेत पाएको लक्ष्मी माता ब्यापार व्यवसायसँग जोडिएको कारण अझ बढी उत्साह र उमंगकासाथ पुजाँ गर्ने गर्छौ । त्यो दिन चारैतिर सरसफाई, रंगरोधन गरेर कलकारखाना र घरमा लक्ष्मी भित्र्याउनका लागि विशेष पुजा गर्छौ ।

परम्परागत हाम्रो पुजा विधि अनुसार नै लक्ष्मिमाताको पुजाआराधाना गर्ने गरिन्छ । सबै कुरा विश्वासमा अडिएको भएकाले हामीले पनि त्यही विश्वासका साथ उद्योग कलकारखाना तथा घरमा लक्ष्मिमाताको वास होस् भनेर पुजाआराधाना गरिरहेका छौ ।

अमित सारडा ग्रुपका  निर्देशक हुन् । 

 
 
 

बिहीबार १८ कात्तिक २०७८ ०५:०९ PM मा प्रकाशित

प्रतिक्रिया