×

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब २१ करोड

images

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको हाे ।

गत आव. को सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद नाफा बढेको हो । 

आव. २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड (गत वर्ष ८ अर्ब २४ करोड रूपैयाँ), कुल संचालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष ९ अर्ब ७६ करोड), संचालन नाफा ७ अर्ब १ करोड (गत वर्ष ५ अर्ब ९ करोड), कुल समग्र ३ अर्ब ८ करोड (गत वर्ष ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य नाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । 

२०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आव. २०७८/७९ मा बैंकको सेयरधनी कोष ४ अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

२०७९ असार मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी .३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ ।

आव.२०७८/७९ को चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले खुद नाफा, कर्जा, सेयरधनी कोष, कर्जाको गुणस्तर लगायतमा प्रगति गर्न सफल भएको छ ।

शुक्रबार​ २० साउन २०७९ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया