सोमबार, माघ ३ २०७८ ११:०५ PM

×

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द 

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवा आइतबार भारत जाने कार्यक्रम तय भएको थियो ।

स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द भएको बताए। भारतबाट सो समिटमा सहभागी हुन निम्तो आएको थियो। यस्तै गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम थियो।

भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढेपछि गुजरात सरकारले बिहीबार  समिट स्थगित गरेको छ। भारतमा एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएपछि समिट स्थगित भएको हो । 

बिहीबार २२ पुस २०७८ ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया