सोमबार, माघ ३ २०७८ १०:२० PM

×

यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्ज: महाराजगन्जदेखि बौडेश्वर ईको रिसोर्टसम्म

images

काठमाडौं । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लू इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको  छ । 

 यामाहा नेपालले  मंसिर १७ मा आयोजना गरेको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर लिटर ६१.४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् ।

कम्पनीले पुस २१ गते  बुधबार च्यालेनज  आयोजना गर्यो । महाराजगन्जदेखि बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्याली  प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी पहिलाे बने। 

त्यसैगरी, प्रतिलिटर ७४ केमीका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भए भने संजिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भएकाे कम्पनीले जनाएकाे छ ।
 
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने  एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर-कूल्ड, फ्युल-इन्जेक्टेड (Fi), १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली  बनाइएको छ ।
 
"नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर, यामाहाका लागि एमएडब्लू इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौं कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । 

हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।" एमएडब्लू इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए।


 

बिहीबार २२ पुस २०७८ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया