×

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृ शोक, मधुसुदनको ८० वर्षको उमेरमा निधन 

images

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृ शोक परेको छ । पौडेलका पिता मधुसुदन पौडेलको चाबहिलस्थित मेडिकेयर अस्पतालमा ८० वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

स्वर्गीय पौडेलको जन्म वि.स १९९९ सालमा भएको हो । पौडेलका ३ छोरा र २ छोरी छन् । स्वर्गीय पौडेलको आजै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ । 
 

शनिबार २१ साउन २०७९ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया