×

मौसमका कारण कतार एयरको जहाज आकाशमै होल्ड 

images

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  कतार एयरको जहाज मौसमका कारण एप्रोज नमिलेपछि ओभरसुट गरिएकाे छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार यो जहाज अहिले आकाशमै होल्ड भएको छ। उनका अनुसार आधा घण्टाभित्र यो जहाज अवतरण हुनेछ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ३४ वटा जहाज उडान र ३४ वटा जहाजले अवतरण गर्ने भएका छन्।

बिहीबार २० असोज २०७९ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया