×

प्रभु ग्रुप अध्यक्ष भट्टचन नेकपा (एमाले) को समानुपातिक उम्मेदवार

images

 

नेकपा (एमाले) ले निर्वाचन आयोगलाई बुझाएको प्रतिनिधिसभा समानुपातिक उम्मेदवारहरूको सूचीमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन परेका छन्।

नेकपा (एमाले) ले १ सय ९ जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। जसमा प्रभु ग्रुपका अध्यक्ष भट्टचन ५२ नम्बरमा छन्। सफल व्यवसायी भट्टचन बाग्लुङ जिल्लामा राजनीतिक हिसाबमा प्रभावशाली व्यक्ति पनि हुन्।  

२०४८ सालको आमनिर्वाचनमा उनले बाग्लुङबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०४९ सालमा उनी जिल्ला विकास समिति बाग्लुङको सदस्य निर्वाचित भएका थिए। 
 
प्रभु ग्रुपले बैंक, वायुसेवा, जलविद्युत, बिमा, अटोमोबाइल, सञ्चारलगायत दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी गरिरहेको छ। 

 

 

शुक्रबार​ २१ असोज २०७९ ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया