×

‘कोड सेयर’ मार्फत नेपाल-स्वीट्जरल्यान्ड सीधा उडान हुने

images

काठमाडौं। नेपालबाट स्वीट्जरल्यान्ड सिधा हवाई उडान हुने प्रक्रिया अगाडि बढेको छ। 

दुवै देशका नागरिक उड्डयन प्राधिकरणबीच हवाई सेवा सम्झौता प्रक्रिया अगाडि बढाउने र त्यसअघि नै वायुसेवा कम्पनीले चाहे उडान गर्न सक्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा हस्ताक्षरबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वीस इन्टरनेसनल एयरलाइन्सले सिंगापुरको सिंगापुर एयरलाइन्स र भारतको भिस्टारा एयरसँग ‘कोड सेयर’ सम्झौतामार्फत नेपालमा उडान गर्न चाहेको जानकारी दिए। 

दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी डिसेम्बरमा गर्ने समझदारीसमेत बनेको उनले बताए।

योसँगै नेपालबाट कुनै पनि वायुसेवाले स्वीजरल्यान्ड उडान गर्न चाहे जान सक्ने गरी समझदारी बनेको महानिर्देशक अधिकारीले जानकार दिए। विश्वभरिका उड्डयन प्राधिकरणहरूको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडामा जारी सम्मेलनमा नेपाल र स्वीजरल्यान्डबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

आगामी डिसेम्बरमा नाइजेरियामा आयोजना हुने आइकाओको बैठकमा नेपाल र स्वीजरल्यान्डबीच हवाई सेवा सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ।

शुक्रबार​ २१ असोज २०७९ ०९:४५ PM मा प्रकाशित

प्रतिक्रिया