मङ्गलबार, कात्तिक २ २०७८ ०६:०० AM

×

नवनियुक्त पर्यटनमन्त्री आलेको प्रश्न, वाइडबडी विमानलाई घाममा किन सुकाएको ?

images

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमको विमानहरुले उडान नगरेकोमा असन्तुष्ठि जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका मन्त्री आलेले नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेललाई वाइडबडी जाहाज किन घाममा सुकाएको ? भनेर प्रश्न गरे ।

उनले निगमका सबै विमान सञ्चालनमा ल्याउन निर्देशनसमेत दिएका छन् । उनले निजी क्षेत्रका विमान भरीभराउ हुने तर, निगमको किन नहुने भनेर प्रश्न गरेका छन् ।  मन्त्री आलेले धनगडी विमानस्थलाई अन्तर्राष्ट्रिय बनाउने बताएका छन् ।

उनले धनगडीलाई आन्तरिक स्रोत परिचालन गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने योजना सुनाएका छन् । मन्त्री आलेले भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने जानकारी गराएका छन् । ३ महिनादेखि कर्मचारी आन्दोलनले अस्तव्यस्त बनेको वायुसेवा निगमका बारेमा मन्त्री आलेले कुनै प्रतिक्रिया दिएनन् । 
 

शुक्रबार​ २२ असोज २०७८ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया