बिहीबार, मंसिर १६ २०७८ ०२:३९ PM

×

 धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने कार्यविधी स्वीकृत, पाउने भए राहत

images

काठमाडौं । बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने कार्यविधी मन्त्रीपरिषदबाट स्वीकृत भएको छ । सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदललाई तीन दिनको समयसीमा दिइएको थियो। कार्कीले कार्यदलले तयार पारेको कार्यविधिका आधारमा थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिए। 

कात्तिक ८ गतेको मन्त्रीपरिषदको बैठकले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको थियो। 

कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो। सदस्यहरूमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन्। 

मन्त्री कार्कीले क्षतिका आधारमा पीडितलाई राहत उपलब्ध गराइने दृढता व्यक्त गरे। मन्त्रिपरिषद्को यही कात्तिक २२ गतेको बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। 

बेमौसमी वर्षाका कारण देशभर झण्डै रु सात अर्ब बराबरको धानबाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। 

मङ्गलबार २३ कात्तिक २०७८ ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया