×

१ अर्ब लगानीमा सुनवलमा चारतारे होटल ओरियन निर्माण, पुसदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने  

images

काठमाडौं । निजी लगानीमा नवलपरासीको सुनवलमा चारतारे होटल ओरियन प्राइभेट लिमिटेड आंशिक सञ्चालनमा आएको छ ।

झन्डै १ अर्ब रुपैयाँकाे लगानी रहेको सो होटलमा ८० वटा कोठा छन् ।

गत अप्रिलबाट होटलले ३० वटा कोठा र ३ वटा ब्यांकेट हल सञ्चालनमा ल्याइसकेको छ । बाँकी पूर्वाधार निर्माणको काम भइरहेको छ होटलले जनाएको छ ।

यस्तै क्यासिनो सञ्चालनका लागि पनि पूर्वाधारको तयारी भइरहेको छ । होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकहरूलाई लक्षित गरी निर्माण गरिएको हो ।

होटलमा नेपाली अर्जुनकुमार पोखरेलको एकल लगानी रहेको छ । आउँदो पुससम्म पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ ।

विमानस्थलबाट होटल ३५ किलोमिटरकाे दूरीमा रहेको छ । विमानस्थल सञ्चालनमा आइसकेको छ । होटलमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी रहेको छ । होटलले ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

नवलपरासी–भैरहवा औद्योगिक करिडोर क्षेत्रनजिक रहेको होटलको प्रतिकोठा लागत १ करोड २३ लाख रुपैयाँ रहेको छ । होटल संरचना बनाउन साढे ९८ करोड रुपैयाँ लगानी हुने जनाइएको छ ।

 

बुधबार २५ साउन २०७९ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया