मङ्गलबार, कात्तिक २ २०७८ ०५:३५ AM

×

आइतबार सुनकाे मूल्य सामान्य बढ्यो

images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला  १ सय रूपैयाँले बढेर ९० हजार ७ सय कायम भएको छ । छापावाल सुन गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २ सय ५० रूपैयाँमा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १ सय ५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा  ५ रूपैयाँले बढेको छ । चाँदी शुक्रबार प्रतितोला १ हजार १ सय ७० रूपैयाँमा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला १  हजार १ सय ७५ रूपैयाँ तोकिएको छ ।

आइतबार​ २४ असोज २०७८ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया