मङ्गलबार, कात्तिक २ २०७८ ०५:१६ AM

×

बदनाम भएको भन्दै उद्योगमन्त्री हमालले  आजै राजीनामा दिने 

images

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटाबाट मन्त्री बनेको गम्भीर आरोप लागेपछि उनले आफ्नो बदनाम भएको भन्दै राजीनामा गर्ने बताएका हुन् ।

हमाल नेपाली काँग्रेसका नेता तथा प्रधानन्यायाधीश राणाका जेठानसमेत हुन् । सांसदसमेत नभएको र राणाको कोटाबाट मन्त्री भएको भन्दै जनस्तरबाट व्यापक आलोचना भएपछि उनी राजीनामा गर्ने मनस्थितीमा पुगेका हुन् । राजीनामा दिने तयारीमा  रहेको उनले स्पष्टपारे । 

आइतबार​ २४ असोज २०७८ ०९:११ AM मा प्रकाशित

प्रतिक्रिया