बिहीबार, मंसिर १६ २०७८ ०३:४९ PM

×
images

विराटनगरका छठ घाट झकिझकाउ (फोटोफिचर)

विराटनगर । बुधबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन विराटनगरमा छठ घाटहरू झकिझकाउ बनाइएको छ ।

विराटनगरको सिंघिया खोला तटलाई केराका थाम, पाल र फूलले सजाएर झकिझकाउ बनाइएको छ । सिंघिया खोलाको हाटखोला क्षेत्रमा बिहानैदेखि कालिगड र व्रतालुका आफन्त खटिएर घाट सिँगार्ने काम गरिरहेका छन् । केसलिया, सुनसरी–मोरङको सिँचाइ नहरमा समेत छठ पर्व मनाउन पूजास्थल तयार गरिएका छन् ।

विराटनगर महानगरपालिकाले नदी आसपासको क्षेत्रका सडकहरूमा सरसफाइ गर्ने र दमकलबाट पानी पटाउने कार्य गरेको छ । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ ब्रत समाप्त गरिन्छ ।

बुधबार २४ कात्तिक २०७८ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया