आइतबार​, असोज १० २०७८ ०९:२४ PM

×

तीजको महत्वः पर्व पछाडिको एउटा गहिरो जीवन विज्ञान

images

पोखरा । नेपाली महिलाको महान पर्व तीज नजिकिँदै छ । यतिबेला विष्णु माझीको ‘जेलैमा हो जेलैमा, मै छोरी रुँदै-रुँदै बेसी मेलैमा’ भन्ने गीतले निकै चर्चा बटुलेको छ । 

तीज पर्वलाई महिलाको रोना धोनाको पर्व हो भनेर मात्र बुझ्ने कतिपयले यसको मौलिकपनको व्याख्या गरिरहेका छन् भने महिला सशक्तीकरणमा जोड दिएर आवाज उठाइरहेकाहरूले भने सधैं महिलालाई निरीह पात्रका रूपमा मात्र प्रस्तुत गर्नुहुँदैन बुलन्द आवाज र स्वतन्त्र जीवनको व्याख्या पनि आवश्यक रहेको तर्क पेश गरिरहेका छन् । 

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्व पछिल्ला दिनहरूमा फरक शैलीबाट मनाउन थालिएको छ । यसबारेमा विभिन्न खालको धारणाहरू पनि आउने गरेका छन् । धार्मिक, सामाजिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्व हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेव श्रीमान् पाएको दिनलाई हरितालिका तीजका रूपमा मनाउँदै आएको पाइन्छ  । 

यद्यपि सांस्कृतिक पर्वहरूको पछाडि एउटा गहिरो जीवन विज्ञान रहेको र त्यसको उजागर हुन नसक्दा अपव्याख्या हुँदै गएको बताउँछन्  विश्वहिन्दु महासंघ कास्कीका प्रमुख सल्लाहकार एवं ब्रह्रमाण समाजका केन्द्रीय संस्थापक अध्यक्ष प्रा. डा. नारायणप्रसाद अधिकारी । 

तृतीया तिथिसँग सम्बन्धित तीज नारीको स्वतन्त्रता मुक्तिको सन्देशसँग जोडिएको र हिन्दु धर्ममा आदिमकालदेखिनै नारी स्वतन्त्रता थियो भन्ने कुरा यस पर्वले पुष्टि गरेको उनको भनाइ छ । 

तीन ऋणका बारेमा पन व्याख्या गर्दै उनले भने, “जीवनमा तीन ऋण हुन्छन्, ‘ऋषि ऋण’, ‘देव ऋण’ र ‘पितृ ऋण’ हुन्छ ।, आमाबुबाले सन्तानलाई हुर्काउन कति ठूलो त्याग तपस्या र मेहनत गरेका हुन्छन् त्यसैले पितृप्रति ऋणीनै भइन्छ, । 

“हिन्दु धर्म संस्कारमा महिला स्वतन्त्रता आदिमकालदेखिनै थियो, जुन अरू धर्म समुदायमा पाइँदैन, पर्वको महत्व यसभित्रको लुकेको जीवन विज्ञानमा छ तर त्यसको उजागर कहिल्यै भएन मात्र अपव्याखा हुँदै गयो,” उनीले भने।  उनका अनुसार यस पर्वले लक्ष्य प्राप्तिको पक्षलाई उजागर गरेको छ ।  आफ्नो लक्ष्यमा सफल भएको दिन शिव पार्वतीको प्रेम दिवसका रूपमा पनि लिन सकिन्छ ।

तीन ऋणका बारेमा पनि व्याख्या गर्दै उनले भने, “जीवनमा तीन ऋण हुन्छन्, ‘ऋषि ऋण’, ‘देव ऋण’ र ‘पितृ ऋण’ हुन्छ ।, आमाबुबाले सन्तानलाई हुर्काउन कति ठूलो त्याग तपस्या र मेहनत गरेका हुन्छन् त्यसैले पितृ प्रति ऋणीनै भइन्छ, । 

हामीलाई ज्ञानगुणका कुरा सिकाउने, सभ्यताको पाठ सिकाउने पूर्वज ऋषिहरू हुन् । त्यसैगरी प्रकृति हावापानी देव ऋणमा पर्छन्, भगवानको पूजा, आरधाना, भजनकिर्तन गरेर देव ऋणबाट मुक्त हुने प्रयास गरिन्छ ।” तीज  पर्वले यी सबै ऋणबाट मुक्तिका लागि जोड दिएको उनको भनाइ छ । 
 
“महिलाले व्रत बसेर पुरुषको आयु बढ्छ भन्ने तरिकाले अपव्याखा गरियो तर तीजले गहन प्रेमको कुरालाई पनि उजागर गरेको छ, पारिवारिक मेल, प्रेम सम्बन्ध प्रगाढ बनाउन सन्देश बाेकेको गहन विषय खोजी गरिएन, यसको मूलध्येय उद्देश्यभन्दा बाहिर आफ्नो तरिकाले व्याख्या गरिँदा गलत कुरा स्थापित गर्न हुन थाल्यो ।” उनले सकारात्मक कुरालाई स्थापित गर्न पर्वका रूपमा व्यवस्था गरेर मानिसले यसलाई ध्यान दिउन र पालना गरुन भनेर धर्मसँग  जोडिएको बताए । 

“धर्मसँग जोड्दा मानिसले छिटो ग्रहण गर्ने भएकाले पनि यसो गरिएको हो, अज्ञानी मानिस माथि डर देखाउनुपर्छ ।” अधिकारीले भने, “समाजमा धेरै जान्ने बुझ्ने भन्नेहरूले आ-आफ्नै तरिकाले व्याख्या गर्दै जाँदा पर्वले बोकेक जीवन विज्ञानको सकारात्मक पक्ष सधैं ओझेलमा परेको छ, गलत रूपमा व्याख्या भएका कुराहरू मात्र बाहिर आए, हिन्दु धर्म संस्कार माथि गलत तरिकाले प्रहार भइरह्यो ।”

“तीजमा नाचगान गरिन्छ यसले मानसिक शुद्धि हुन्छ अर्थात फ्रेस बनाउँछ । दबिएर रहेको पीडा पोख्दा आत्मिक आनन्द मिल्छ, शारीरिक स्वच्छन्दालाई माटोले, भष्मले, गहुँतले, गोबरले स्नान गर्ने काम हुन्छ, जुन काम पुरुषले जनै पूर्णिमामा  गरेका हुन्छन् ।”

शारीरिक, माानसिक, आध्यमिक स्वच्छनदताको मौलिक पर्व तीजको चिन्तन कसरी सुुरु भयो भन्ने विषयको खोजी गरेर अबको पुस्ताले कुन कुन सामाजिक मान्यता जोगाउँदा खेरी राम्रो हुन्छ भन्ने कुरालाई व्याख्या गर्दै जान उनको आग्रह  छ ।  

तीजको महत्व र महिमालाई बुझेर नै ६ वर्षदेखि महिला स्वतन्त्रता र समानतामा जोड दिएर तीज (टेल्स अफ इक्वालिटी इम्पावरमेन्ट अफ जोय) भनेर मनाउँदै आएको जानकारी दिए । “हामीले यसको महत्वलाई उजागार गर्दै सशक्तीकरण र समानताको खाकासहित महिला र पुरुषको सहभागितामा कार्यक्रम गर्दै आएका छाैं, अहिले छैटौं वर्ष भयो,” उनले भने । 

संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्य एवम् अधिकारकर्मी बन्दना राणा तीजलाई महिला दिवसका रूपमा लिनुपर्ने बताए। “हाम्रो संस्कृति संस्कार भनेको एकदम रंगीबिरङ्गी र आकर्षक छ, मनाउन गर्व हुन्छ तर कुनै पनि पर्वलाई उत्सवका रूपमा लिइरहँदा कुनै एक वर्गलाई दबाउने हुनुहुँदैन, स्वतन्त्रता हुनुपर्छ ।” 

उनले तीजको महत्व र महिमालाई बुझेर नै ६ वर्षदेखि महिला स्वतन्त्रता र समानतामा जोड दिएर तीज (टेल्स अफ इक्वालिटी इम्पावरमेन्ट अफ जोय) भनेर मनाउँदै आएको जानकारी दिए । “हामीले यसको महत्वलाई उजागर गर्दै सशक्तीकरण र समानताको खाकासहित महिला र पुरुषको सहभागितामा कार्यक्रम गर्दै आएका छाैं, अहिले छैटौं वर्ष भयो,” उनले भने । 

पौराणिक कालदेखि मनाउँदै आएका रीतिरिवाजमा पनि वैज्ञानिक पक्ष लुकेका उनको बुझाइ छ । “हिजो स्रोत साधन र प्रविधिको अभाव र सानै उमेरमा हुने विवाहले विवाहित चेलीको जीवन बन्धन जस्तै थियो । खुलेर आफ्नो कुरा राख्न सक्दैनथे, त्यो समयमा तीज पर्व एउटा माइतीको आँगनमा आएर पीर व्यथा पोखेर तनावबाट मुक्त हुने र नाच गान गरेर रिफ्रेस हुने अवसरको पर्व बन्यो ।”  

अब महिला स्वतन्त्रता समानतासहित न्यायिक र समतामूलक समाज निर्माणका लागि  यस पर्वको गरिमा बढाएर महिला दिवसका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । विसं २०४५ सालदेखि निरन्तर लोक भाका संस्कृतिको संरक्षण र सम्बद्र्धनमा क्रियाशील रहँदै आउनु भएका प्राज्ञ एवं चर्चित लोक गायिका हरिदेवी कोइराला तीजको पौराणिक, धार्मिक ऐतिहासिक एवं सांस्कृतिक रूपमा विशेष महत्व रहेको बताए । 

घरबाट माइती जान पनि नपाउने समयमा चाडको नाम दिएर निलाहार बस्ने र श्रीमानकाे नाममा व्रत बसेर आयु लामो हुन्छ भनेपछि घरकाले पनि माइती जान दिने भएकाले पनि मनोवैज्ञानिक रूपमा यो पर्व धर्मसँग जोडिएको हुन सक्ने उनको अनुमान छ । “तत्कालीन समयमा त्यो नै एउटा ठूलो र स्वतन्त्रताको पर्व थियो तर अहिले समय बदलिएको छ, अब आजको परिवेश र यथार्थतालाई बुझेर यस पर्वको महिमा र महत्वलाई उजागर गरेर अघि बढ्नुपर्छ ।” 

महिलाले एउटा उत्सवका रूपमा मनाउने पर्वलाई गलत व्याख्या गर्न नहुने र  गलत अभ्यासहरूलाई हटाउनु पर्ने उनको भनाइ छ । “अहिले केही गलत अभ्यास पनि भएका छन्, भए पनि नभए पनि गहना प्रदर्शन गर्ने प्रतिस्पर्धा बढेको छ । यो राम्रो होइन, घाँटी नहेरी हाड निल्न खोज्नु हुँदैन,” राणा भन्नुहुन्छ, “आत्मनिर्भर भएर रमाउनु सकारात्मक भए पनि प्रतिस्पर्धामा उत्रनु चाहिँ राम्रो होइन ।”

उनले अब महिला स्वतन्त्रता समानतासहित न्यायिक र समतामूलक समाज निर्माणका लागि  यस पर्वको गरिमा बढाएर महिला दिवसका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । विसं २०४५ सालदेखि निरन्तर लोक भाका संस्कृतिको संरक्षण र सम्बद्र्धनमा क्रियाशील रहँदै आउनुभएका प्राज्ञ एवं चर्चित लोक गायिका हरिदेवी कोइराला तीजको पौराणिक, धार्मिक ऐतिहासिक एवं सांस्कृतिक रूपमा विशेष महत्व रहेको बताए । 

हालै मात्र ‘जरुवाको पानी करुवामा कलकल’ भन्ने तीज गीत बजारमा ल्याएकी कोइरालाले तीज गीतका शब्द र विषयवस्तु अहिलेको परिवेशमा फरक भए पनि यस पर्वले बोकेको मौलिकपनलाई सधैं जोगाउनुपर्ने बताउनुहुन्छ । 

“सधैं एउटै कुरा हुन्छ र हुनुपर्छ भन्ने होइन, परिष्कृत र परिमार्जित आवश्यक हुन्छ तर अहिले तीज गीतको नाम दिएर जुन खालको छाडापन भित्रिएको छ, यो लोक संस्कृति माथिको अतिक्रमण हो ।” कोइरालाले भने, “अहिले जस्तो स्वतन्त्र रुपमा आफ्नो कुरा राख्ने  अवसर तत्कालीन समयमा थिएन,  चेलिबेटीले आफूले भोगेका दुःख पीडा र तत्कालीन समयको परिवेशलाई गीतका माध्यमबाट बाहिर ल्याउँथे । तीज गीत सन्देश बाहकका रूपमा लिइन्थ्यो ।”  

अहिले पनि तीजको मौलिकतामा आधारित रहेर धेरै तीज गीत आएको जनाउँदै सञ्चारमाध्यमले पनि मौलिकपन भएका तीज पर्व विशेष गीतहरूलाई प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । तीज गीतले महिलाको मात्र नभई सामाजिक आर्थिक, राजनैैतिक, सांस्कृतिक हरेक पक्षका विषयलाई प्रस्तुत गर्ने यस गीतले यथार्थलाई जोड दिने बताए महिलाको विशेष पर्व तीजलाई एउटा उत्सवका रूपमा मनाउन पनि उनको आग्रह छ ।

कोइरालाले अहिले धेरै कुराको सहज भएको र तत्कालीन समयको जस्तो तीजका गीत अहिले नआए पनि मौलिक पन भाषा, लयलाई  भने जगेर्ना गर्न आवश्यक रहेको बताए। “संस्कृति भनेको कुनै पनि समाजको ऐना भएकाले त्यसलाई बिग्रदै जानु भनेको आफ्नै धरातलाई कमजोर बनाउँदै जानु हो तसर्थ हामी सभ्य र सचेत नागरिकले संस्कृति माथि आउन सक्ने विकृति रोक्नपर्छ ।”  

अहिले पनि तीजको मौलिकतामा आधारित रहेर धेरै तीज गीत आएको जनाउँदै सञ्चारमाध्यमले पनि मौलिकपन भएका तीज पर्व विशेष गीतहरूलाई प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । तीज गीतले महिलाको मात्र नभई सामाजिक आर्थिक, राजनैैतिक, सांस्कृतिक हरेक पक्षका विषयलाई प्रस्तुत गर्ने यस गीतले यथार्थलाई जोड दिने बताए । महिलाको विशेष पर्व तीजलाई एउटा उत्सवका रूपमा मनाउन पनि उनको आग्रह छ । 

प्रभास भन्छन्, “संस्कृतिमा विकृति आउँदैन, संस्कृति सधैं रहन्छ । विकृति आफैं हराएर जान्छ । संस्कृति परिष्कृत र परिमार्जित हुँदे जान्छ । जसले संस्कृतिमा विकृति ल्याउने प्रयास गर्छ त्यो असफल प्रयास मात्र हो । विकृति कहिल्यै संस्कृति हुन सक्दैन ।” 

नेपाली लोकगीतमा विद्यावारिधी गरेका संस्कृतिकर्मी डा. तुलसी प्रभास संस्कृतिमा कहिल्यै विकृति नआउने कुरामा जोड दिनुहुन्छ  । उनले भने, “अहिले तीज गीतमा विकृति आयो भनिन्छ, तीज गीत पर्व गीत अन्तर्गत पर्दछ । जसले जसरी पनि गाउँदैमा तीज गीत हुँदैन । 

यसले विशेष महत्व बोकेका हुन्छन् । चाडपर्वको आफ्ने विधान, नियम र परिधि छ, त्योभन्दा बाहिर गएर आफ्नो अनुकूल गाउँदमा त्यसलाई तीज गीत भन्न सकिँदैन ।” उनले भने,  “विकृतीयुक्त गीत तीज गीत हुनै सक्दैनन् । लहडमा गीत गाएर तीज गीत भन्दैमा त्यो गीत हुँदैन । लोक गीत, तीज गीत भनेको समाजले स्विकार गरेको हुनुपर्छ  ।” 

प्रभास भन्छन्, “संस्कृतिमा विकृति आउँदैन, संस्कृति सधैं रहन्छ । विकृति आफैं हराएर जान्छ । संस्कृति परिष्कृत र परिमार्जित हुँदे जान्छ । जसले संस्कृतिमा विकृति ल्याउने प्रयास गर्छ त्यो असफल प्रयास मात्र हो । विकृति कहिल्यै संस्कृति हुन सक्दैन ।” 

उनले  समाजले पचाउन नसक्ने र क्षणिक नग्नता र अश्लिलतालाई राम्रो मान्नेहरूले केहीबेर ताली बजाएर रमाएको विषयलाई संस्कृतिको सुन्दर पक्षमा लगेर जोड्न नमिल्ने बताए । उनको बुझाइमा समाजले पचाउन सक्ने जीवन्त संस्कृति सधैं स्थापित हुने र भेल बाढी जस्तै भित्रन खोज्ने विकृति स्वतः हराएर जान्छ । 
 

शनिबार २६ भदौ २०७८ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया