मङ्गलबार, कात्तिक २ २०७८ ०४:३९ AM

×

साेमबार सुनको मूल्य प्रतितोला १ सयले घट्यो

images

काठमाडाैं । नेपाली बजारमा साेमबार सुनको मूल्य प्रतितोला १ सयले रूपैयाँ घटेर ९० हजार ६ सय कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला  ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला  ९० हजार १ सय ५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला  ९० हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार साेमबार चाँदीको मूल्य आइतबारको तुलनामा पाँचले बढेको छ  । चाँदी आइतबार प्रतितोला १ हजार १ सय ७५ मा कारोबार भएको थियो भने आज प्रतितोला १ हजार १ सय ८० मा कारोबार हुनेछ ।

सोमबार २५ असोज २०७८ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया