मङ्गलबार, कात्तिक २ २०७८ ०४:१४ AM

×

बैंकरहरुले नटेरेपछि राष्ट्र बैंकले यसरी पढाउँछ पाठ

images

काठमाडौं । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले निर्देशनको अपव्याख्या गर्दै आफूअनुकुल निर्णयहरु गर्न थालेपछि नेपाल राष्ट्र बैंकले आफ्ना निर्देशनहरुको अक्षरस व्याख्या हुने गरी स्पष्टता दिन थालेको छ ।

सुक्ष्म व्यवस्थापनमा केन्द्रीय बैंक लागेको भनेर आलोचना भइरहे पनि बैंकरहरुले राष्ट्र बैंकका कतिपय निर्देशनका प्रवाधानहरुलाई कार्यान्वयनमा लैजादा अनुकुलता खोज्ने गरेको भेटिएपछि त्यस्ता प्रावधानमा थप व्याख्या गर्न थालेको हो ।

यसअघि केन्द्रीय बैंकले जारी निर्देशनमा ब्याजदर निर्धारण समानरुपमा गर्नुपर्ने भने पनि बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया असमान भएको पाएपछि कुनै निक्षेपको ब्याजदर बढाउँदा सबै निक्षेपको ब्याजदर बढ्नु पर्ने र घट्दा सबै निक्षेपको घट्नु पर्ने गरी स्पष्ट व्याख्या गरेको छ ।  

सोमबार २५ असोज २०७८ ०३:३४ PM मा प्रकाशित

प्रतिक्रिया