सोमबार, माघ ३ २०७८ १०:५९ PM

×
images

माघेसंक्रान्तिका लागि बनाइँदै चाकु (फाेटाेफिचर)

माघेसंक्रान्तिभन्दा दिमागमा झट्ट आउने भनेका चाकु, तरुल, घिउ, खिचडी हो । यो पर्व नजिकिँदै गर्दा काठमाडौंमा चाकु बनाउने काम पनि तीव्र रुपमा चलिरहेको छ । धेरैजसो पारम्परिक औजारलाई मेसिनले विस्थापित गरे पनि चाकु बनाउँदा पोल्ने डर भने उत्तिकै हुन्छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकरसंक्रान्ति भनिएको हो । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

बुधबार २८ पुस २०७८ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया