आइतबार​, असोज १० २०७८ १०:३७ PM

×

चीनमा कोरोनाविरुद्ध २ अर्ब १४  करोड डोज खोप लगाइयो

images

बेइजिङ, सिन्ह्वा । चीनमा कोरोना भाइरसविरुद्ध २ अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
देशभर २ अर्ब १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ ।  

चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो ।  कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ ।  

कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ । 
 

आइतबार​ २७ भदौ २०७८ ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया