काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजारमा चमक आएको छ । पछिल्लो समयमा लगातार घट्दै आएको बजार आइतबार हरियाली छाएको छ । ‘प्यानिक’ अवस्थामा पुगेका लगानीकर्तालाई आइतबारको वृद्धिले राहात दिएको छ ।
गत बिहीबार सेयर बजार झिनो अंकले गिरावट आएकोमा आइतबार ७१.४३ प्रतिशतले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९४७.४२ अंकमा पुगेको छ । घटेको सेयर बजार अब उकालो लाग्ने क्रम सुरु भएको अनुमान गरिएको छ ।
आइतबार बजार तलमाथि गर्ने क्रम निरन्तर चलेको छ । सेयर मूल्य सस्तोमा आएपछि अब विस्तारै गर्दै कारोबार गर्ने दुवै आकर्षित हुने अनुमान गरिएको छ । यसको सकरात्मक असर सोमबार पनि पर्ने अनुमान गर्न सकिन्छ । आइतबार बिमाका साथै जलविद्युत र उत्पादनमूलक समूहमा तुलनात्मकरुपमा बढी आर्कण देखिएको छ ।
साना लगानीकर्ताको संख्या व्यापक वृद्धि भए पनि बजारको निर्णायक तहमा ठूला र टाठाबाढाकै वर्चस्व रहने गरेको छ । वास्तवमा साना लगानीकर्ता ठूलाकै पछि लाग्ने हुन्छ ।
म्युचअल फण्ड बाहेक सबै सूचकहरुमा हरियाली देखिएको छ । निर्जीबन, जीबन बिमा, जलविद्युत, र उत्पादन सूचकमा उछाल आएको छ । यस्तै बैंकिङ, व्यापार, होटल एन्ड टुरिज्म, वित्त, लघुवित्त, अन्य र लगानी सुचकमा पनि वृद्धि आएको छ ।
आइतबार ८ वटा कम्पनीहरुको सेयर मूल्य सर्किट तहमा बढेको छ । सर्किट तहमा मूल्य बढ्नेमा अधिकाँश जलविद्युत कम्पनीहरु रहेका छन् । यस्तै ७ वटा कम्पनीको सेयर मूल्य ९ अंक माथि बढेको छ । सिटिजन्स म्युचअल फण्ड १ र रैराङ हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशत हारहारीमा घटेको छ ।
आइतबार ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता सेयर किनबेच भएको छ । आइतबार पनि अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी कारोबार भएको छ । अरुण भ्यालीको प्रतिकित्ता ७३५ मा ७३ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
अरुण भ्यालीको सेयर बढी कारोबार हुँदै आएको छ । यस्तै युनाइटे मोदी हाइड्रोपारको ६३० मा ४५ करोड ११ लाख र अपी पावर कम्पनीको ५४४ मा ३१ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।