सोमबार, माघ ३ २०७८ ०९:१४ PM

×

क्लासिक टेकले ल्यायो  उच्च गतिको इन्टरनेट प्याकेज

images

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लास्सिक टेक्ले कम मूल्यमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ। अब देशभर कम मूल्यमा उच्च गुणस्तरको सेवा दिन ‘टाक्एन’ प्याकेज सुरु गरिएको कम्पनीले जानकारी दिएको छ। 

नयाँ ब्रान्ड एम्बेसडर बिपिन कार्कीले फेसबुक लाइभमार्फत साे प्याकेज सार्वजनिक गरेका हुन्।  उच्च गतिको  इन्टरनेट अब न्यून मूल्यमा  सबै सहर तथा गाउँमा पुर्याइने कम्पनीको भनाइ छ। 

यो प्याकेजमा  २२५ एमबीपीएस, १५० एमबीपीएस, ६२५ एमबीपीएस, ३२५ एमबीपीएस र १००० एमबीपीएस राखिएको छ।  पछिल्लो समय प्रयोगकर्ताहरुले भोग्नु परेका समस्याहरु सुल्झाउन प्याकेज सुरू गरिएको कम्पनीको भनाइ छ। 

क्लास्सिक टेक प्रयोग गरिरहेका ग्राहकहरुको प्याकेज ६५० गुणाले निःशुल्क अपग्रेड गरिएको कम्पनीले जानकारी दिएको छ।  टाक्एन प्याकेज प्रयोगकर्ताले आइपीटिभी  सित्तैमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

नेपालमा सन् २००९ देखि क्लासिक टेक सुरु भएको हो। हालसम्म कम्पनीले  ७४ वटा जिल्लाका १ सय ३ आउटलेटबाट सेवा दिइरहेको छ। 

बिहीबार २९ पुस २०७८ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया