सोमबार, माघ ३ २०७८ १०:१५ PM

×

भारतमा थप २ लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

images

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख ४७ हजार ४ सय १७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ ५ हजार ४ सय ८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।  

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ११ लाख १७ हजार ५ सय ३१ छन् । गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४७ लाख  १५ हजार ३ सय ६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको जनाइएको छ । 

सोही अवधिमा थप  ३ सय ८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ५४ करोड ६१ लाखभन्दा बढी डोज खोप लगाइएको छ । एएनआई 

बिहीबार २९ पुस २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया