×

२ बजेसम्म ४१ प्रतिशत मतदान, छिटफुट घटनाबाहेक देशभर अवस्था शान्तिपूर्ण

images

काठमाडाैं । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ थियो ।

शुक्रबार​ ३० बैशाख २०७९ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया