आइतबार​, असोज १० २०७८ १०:२५ PM

×

चाडपर्वमा घरलाई स्मार्ट बनाउने सीजीको योजना

images

काठमाडौं । विद्युतीय सामग्री ब्राण्ड सीजीले यस वर्षको चाडपर्वमा घरलाई स्मार्ट बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले यस वर्षको पर्वलाई लक्षित गरी ‘यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत सीजीको कुनै पनि विद्युतीय सामग्री खरिद एलइडी टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुम खरिद गर्दा सेवाग्राहीले क्यासब्याक तथा उपहारहरु पाउन सक्ने छन् ।

५५ हजारसम्मको महाबचत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा ‘लक्की ड्र’ मार्फत सीजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, तीन दिनको मेघौली सेराईको प्याकेज समावेश गरिएको छ।

कम्पनीले यो योजना यही भदौ २५ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू गरेको छ।
 

 

 

मङ्गलबार २९ भदौ २०७८ ०२:०१ PM मा प्रकाशित

प्रतिक्रिया