आइतबार​, असोज १० २०७८ ०९:४० PM

×

फिनटेक क्रान्तिमा स्विफ्ट टेक्नोलोजी, नेपाली बैंकदेखि विदेशी कम्पनीको वालेट निर्माणमा

images

काठमाडौं । पछिल्लो एक दशकमा बैंक तथा अन्य वित्तीय प्रणालीमा डिजिटाइजेसनको श्रृंखला उल्लेखनीय मात्रामा बढेको छ । हामीले धाएर लिनुपर्ने धेरै सेवा घरमै बसेर सम्पन्न गर्न सकिने गरी वित्तीय संस्थाहरू अटोमेट भएको देखिन्छन् । 

तर, के बैंक तथा वित्तीय संस्थाहरू जति डिजिटाइज हुनुपर्ने हो त्यो मात्रामा डिजिटाइज भएका छन् त ? यो प्रश्न हामी कहिल्यै गर्दैनौं । घरमै बसेर बिल तथा युटिलिटीको अनलाइन पेमेन्ट, टपअप, अनलाइन सपिङ र टिकट बुकिङ गर्न पाएर, एकैछिनमा एक क्लिकको भरमा आफन्त तथा साथीभाइसँग डिजिटल्ली कारोबार गर्न पाएर हामी मख्खै छौं । 

तर, सोच्नुहोस् त तपाईंले पाँच वर्षदेखि प्रयोग गर्दै आउनुभएको इन्टरनेट बैंकिङ एप, वालेटमा केही फरक आएको छ त, सानो–सानो कामका लागि बैंक जानुपर्ने बाध्यताको अन्त्य भएको छ त ? 

यसको एउटै उत्तर हो छैन । वास्तवमा अन्यको तुलनामा ठूलो रकमको कारोबार गर्ने नाफा कमाउने र ठूलो ट्यालेन्ट पुलको धनी हो बैंक तथा वित्तीय क्षेत्र । तर, सेवा डिजिटाइजेसन र अटोमेसनको क्षेत्रमा अग्रणी मानिए पनि विश्व परिवेशको तुलना गर्दा हाम्रा बैंक वित्तीय संस्थाहरू अझै कैयौं वर्ष पुराना प्रविधिमै रमाइरहेका छन् । 

फिनटेक कम्पनी स्विफ्ट टेक्नोलोजीमा रहेर १४ वर्षदेखि बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको डिजिटाइजेसन र अटोमेसनलाई नियालिरहेका रघुनाथ भण्डारीको मनमा पनि यहीँ कुरा आइरहन्छ । यसैले २००७ देखि रेमिट्यान्स प्रविधिहरूमा काम गरिरहेको स्विफ्ट टेक्नोलोजी २०१७ देखि बैंकिङ प्रविधिको प्रोडक्ट निर्माणमा पनि अघि सरेको छ । स्विफ्ट टेक्नोलोजी आईएमई ग्रुपअन्तर्गतको कम्पनी हो । जहाँ भण्डारी पनि सह–संस्थापकका रूपमा छन् । 

फिनटेक कम्पनी स्विफ्ट टेक्नोलोजीमा रहेर १४ वर्षदेखि बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको डिजिटाइजेसन र अटोमेसनलाई नियालिरहेका रघुनाथ भण्डारीको मनमा पनि यहीँ कुरा आइरहन्छ । यसैले २००७ देखि रेमिट्यान्स प्रविधिहरूमा काम गरिरहेको स्विफ्ट टेक्नोलोजी २०१७ देखि बैंकिङ प्रविधिको प्रोडक्ट निर्माणमा पनि अघि सरेको छ । स्विफ्ट टेक्नोलोजी आईएमई ग्रुपअन्तर्गतको कम्पनी हो । जहाँ भण्डारी पनि सह–संस्थापकका रूपमा छन् । 

स्विफ्ट टेक्नोलोजी एउटा फिनटेक अर्थात वित्तीय प्रविधिमा आधारित सफ्टवेयर, सिस्टम तथा प्रोडक्ट निर्माण गर्ने कम्पनी हो । २००७ मा रघुनाथ भण्डारी, आईएमई पेका हेमराज ढकाल र भुसन गौनी मिलेर स्विफ्ट टेक्नोलोजीको सुरुवात भएको थियो । 

त्यस समय रेमिट्यान्सको निकै ठूलो बजार थियो । तर, आदान–प्रदानको बाटो निकै झन्झटिलो । विदेशबाट केही रकम पठाउन पर्यो भने अहिले जस्तो सजिलो थिएन । काउन्टरमा पुगेर, फ्याक्समार्फत लेखेर पठाउनु पथ्र्यों । जब त्यो फ्याक्स नेपालमा आउँथ्यो तब त्यसलाई हेरेर नेपालका रेमिट्यान्स कम्पनी तथा बैंकहरूले प्रापकलाई भुक्तानी गर्थे ।

फ्याक्सबाट आउने ती कारोबारका हिस्ट्रीहरूलाई व्यवस्थापन गर्न कम्पनीहरूलाई निकै गाह्रो हुन्थ्यो । पछि एक्सलबाट तीनलाई व्यवस्थापन पनि गर्न थालियो । यस्तो समस्याग्रस्त परिस्थितिले स्विफ्ट टेक्नोलोजीका लागि अवसरको बाटो खोलिदियो । तब कम्पनीले वेबमा आधारित सोल्युसन प्रदान गर्न थाल्यो ।

यसमार्फत विदेशबाट पैसा पठाउन बित्तिकै नेपालमा हेर्न मिल्ने र चाँडै पठाउने व्यक्तिले पनि पाएको थाहा प्रविधि विकास भयो । स्विफ्ट टेक्नोलोजीको यो प्रविधिलाई तब आईएमई र अन्य रेमिट्यान्स कम्पनीहरूले प्रयोग गर्न थाले । परम्परागत प्रविधिमा दुई, तीन दिन लाग्ने काम १० मिनेटमै सम्पन्न हुन थाल्यो । 

बिस्तारै हातहातमा मोबाइलको पहुँच पुग्न थालेपछि रेमिट्यान्स उद्योगले भिन्दै आकार लिन थाल्यो । अब मान्छेलाई काउन्टरबाट होइन मोबाइलमै पैसा पुर्याउनु पर्ने भयो । तब कम्पनीले यसका सोल्युसन पनि बनाए । 

स्थापना पछिको पहिलो ६, ७ वर्ष कम्पनी पूर्णरूपमा रेमिट्यान्स प्रविधिमै केन्द्रित रह्यो । तर, पछिल्लो ४ वर्षयता कम्पनी बैंक तथा अन्य वित्तीय प्रविधि निर्माणमा पनि अघि सरेको छ । 

बैंकहरूले आफू अटोमेट र डिजिटाइज भएको तर्क गरे पनि बैंकिङ गर्ने तरिका लामो समयदेखि जस्ताको तस्तै रहेको ४० वर्षीय सीईओ भण्डारी बताउँछन् । 

‘बैंकले आफ्ना सेवा एक समय अटोमेट गरे तर आज पनि त्यहीँ अड्किएर बसिरहेका छन् । आज पनि पाँच वर्ष अगाडि प्रयोग गरेकै इन्टरनेट बैंकिङ एप प्रयोगमा छन्, त्यहीँ टपअप, युटिलिटी पेमेन्ट, केही नयाँ छैन,’ भण्डारी भन्छन्, ‘विदेशमा हेर्ने हो भने आज बैंकिङ कारोबार गर्नेदेखि बैंकको विशुद्ध सेवा प्रणालीमा प्रविधिले व्यापक परिवर्तन ल्याएको छ ।’

‘बैंकले आफ्ना सेवा एक समय अटोमेट गरे तर आज पनि त्यहीँ अड्किएर बसिरहेका छन् । आज पनि पाँच वर्ष अगाडि प्रयोग गरेकै इन्टरनेट बैंकिङ एप प्रयोगमा छन्, त्यहीँ टपअप, युटिलिटी पेमेन्ट, केही नयाँ छैन,’ भण्डारी भन्छन्, ‘विदेशमा हेर्ने हो भने आज बैंकिङ कारोबार गर्नेदेखि बैंकको विशुद्ध सेवा प्रणालीमा प्रविधिले व्यापक परिवर्तन ल्याएको छ ।’

‘आज पनि पैसा बचत गर्न होस् वा लोनका लागि कुरा गर्न होस् बैंकमा अनिवार्य लाइन बसेर कुरा गर्न पर्छ, कुनै सेवा रोक्का गर्न वा पुनः सुचारु गर्न परे अनिवार्य बैंकमा पुगी कागजी फाइल भर्नै पर्छ । ग्राहकका हरेक विवरण बैंकसँग हुँदाहुँदै पनि क्रस भेरिफिकेसनका लागि ग्राहकले दुःख पाउनै पर्छ । यी प्रश्न न हाम्रा ग्राहकहरूले उठाउँछन् न त यसमा हाम्रा फिनटेक प्रोडक्ट निर्माण गर्ने कम्पनीले नै मन्थन गरेका छन्, न त बैंक नै आफैं परिवर्तनतर्फ अग्रसर छन्,’ भण्डारी भन्छन् । 

बैंकको विशुद्ध सेवालाई पूर्णरूपमा डिजिटाइज गरी संस्था र व्यक्तिको समय बचत गरी सहज वित्तीय इकोसिस्टम निर्माण गर्ने सोचले नै चार वर्षअघि स्विफ्ट टेक्नोलोजी बैंकिङ प्रविधि निर्माणतिर आकर्षित भएको उनले बताए । नेपालमा फिनटेक क्षेत्रमा नवीन ढंगले नवप्रवर्तन गर्ने स्विफ्ट टेक्नोलोजीको उद्देश्य छ । 

कम्पनीले हाल अस्तित्वमा रहेको फिनटेक प्रविधिभन्दा अत्याधुनिक तरिकाले यो उद्योगलाई अटोमेट गर्ने उद्देश्य लिएको छ । ‘हामीले विश्वमै नभएको काम गर्न लागेको होइन । विश्वमा फिनटेक उद्योगमा धेरै काम भएका छन् तीनलाई हेरेर अध्ययन गरी नेपालको परिवेशमा ढाल्ने हाम्रो उद्देश्य हो जुन अहिलेसम्म हुन सकिरहेको छैन,’ भण्डारीले भने । 

अहिलेका टपअप, बिल पेमेन्ट एपले मात्र हाम्रो बैंकिङ प्रणालीलाई सहज बनाउन सक्दैन । ब्लकचेन, एआई, बिजनेस इन्टेलिजेन्स, मसिन लर्निङ जस्ता प्रविधिमा आधारित रहेर बैंकिङ सफ्टवेयरहरू विकास गर्ने स्विफ्ट टेक्नोलोजीको योजना छ । 

‘विश्वमा आज मेसिनले नै ऋणीको इतिहास, सामाजिक सञ्जाल प्रोफाइल हेरेर उसको ३६० डिग्रीको प्रोफाइल अध्ययन गरी ऋण दिने कि नदिने भनी बैंकलाई निर्णय लिन सघाउने सफ्टवेयरहरू निर्माण गरी प्रयोगको अवस्थामा छन् । अलि पे जस्ता कम्पनीहरूले बैंकको परिचयपत्र नभएका मान्छेहरूलाई पनि ऋण दिइरहेका छन् जुन एकदमै प्रभावकारी सावित भइरहेको छ । जसले बैंक तथा ग्राहकको समय र खर्च बचत गरी समानान्तर पहुँच विकासमा सहयोग पुर्याएको छ । 

वास्तविक प्रविधिको प्रयोग गरी ल्याइएको क्रान्ति त यो होनी हामी यसरी नै विकास गरी अघि बढ्न चाहन्छौं,’ उनी भन्छन्, ‘कतिपाय मान्छेको नागरिकता हुँदैन र बैंकिङ सेवाबाट बञ्चित हुन परेको छ अब उसले कसरी सेवा लिने ?  नागरिकता भएका मान्छेहरूले त बैंकमा गएर नमस्कार गरी झुक्नुपर्छ ।

डकुुमेन्ट हराएको अवस्थामा पनि सेवा त पाउनुपर्छ नि त्यो कसरी गराउने विदेशमा प्रविधिले यी सबैको उचित व्यवस्थापन गरी मेकानिज्म तयार पारेको छ हामी त्यहीँ कुरा यहाँ पनि गर्न चाहन्छौं,’ सीईओ भण्डारीले भने । रघुनाथ भण्डारीको स्विफ्ट टेक्नोलोजीले चार वर्षदेखि यहीँ परिवर्तनका लागि पहल गरिरहेको छ । 

तर, नियामक, वित्तीय संस्थाहरूको ‘चेन्ज रेसिस्टेन्स एटिच्युड’ का कारण आफूहरूको भिजन ओझेलमै परिरहेको उनी गुनासो गर्छन् । 
‘यति धेरै नाफा आर्जन गर्ने ट्यालेन्टका खानी भएका बैंकहरूलाई न त यस्ता प्रविधिप्रति लगाब छ न त नियामकले नै त्यस्तो व्यवस्था गरेको छ । कतिवटा बैंकमा चिफ इनोभेस अफिसर वा युनिट छन् त ?’ उनी प्रश्न गर्छन्, ‘बैंकहरू पुरानै प्रविधिमा टाँसिएर बस्न खोज्छन्, नियामकलाई यसमा कुनै वास्ता नै छैन ।’ 

‘विश्वमा आज मेसिनले नै ऋणीको इतिहास, सामाजिक सञ्जाल प्रोफाइल हेरेर उसको ३६० डिग्रीको प्रोफाइल अध्ययन गरी ऋण दिने कि नदिने भनी बैंकलाई निर्णय लिन सघाउने सफ्टवेयरहरू निर्माण गरी प्रयोगको अवस्थामा छन् । अलि पे जस्ता कम्पनीहरूले बैंकको आईडीकार्ड नभएका मान्छेहरूलाई पनि ऋण दिइरहेका छन् जुन एकदमै प्रभावकारी सावित भइरहेको छ । जसले बैंक तथा ग्राहकको समय र खर्च बचत गरी समानान्तर पहुँच विकासमा सहयोग पुर्याएको छ । 

यसबाहेक फिनटेक उद्योगमा केही नयाँ गर्न चाहानेलाई पर्याप्त ठाउँ नै नभएको उनी बताउँछन् । सुरुमा आएकाहरूले सिन्डिकेट बनाएर बसेको कारण कति धेरै कम्पनीहरू ओझेलमा परेको उनले क्यापिटल नेपाललाई सुनाए । 

नेपालमा प्रविधिकाे ज्ञान नभएर फिनटेक क्षेत्र अत्याधुनिक नभएको होइन । हामी जस्ता धेरै कम्पनीहरू (भेण्डर) छन् यहाँ गर्नलाई भिजन भएका तर बजारमा एकाधिकार भएको कारण कसैलाई पनि पर्याप्त र उपयुक्त वातावरण नै नभएको उनको गुनासो छ ।

‘फिनटेक कम्पनीले कुनै पनि सफ्टवेयर प्रोडक्ट तथा सोल्युसन निर्माण गरेपछि उनीहरू सिधै सेवाग्राही माझ पुग्दैनन् । फिनटेकहरू राष्ट्र बैंक, पीएसओ र पीएसपी गरी तीन निकायमार्फत बजारमा पुग्छन् । अहिलेको अवस्थामा राष्ट्र बैंक नियामक आफैंले एनसीएचएललाई च्यापेको छ । 

सबै बैंकहरूलाई एउटा मात्र भेण्डरले सेवा दिएकाे छ र एकै किसिमकाे प्रविधि यी सबै बैंकमा छन् । यसैले फिनटेकमा इनोभेसनका लागि कुनै स्पेस नै छैन । नियामक जता छ सबैले त्यसलाई नै अथेन्टिक मान्छन्,’ उनले भने । 

प्रविधि सबैतिर उस्तै छ न त केही फरक न त केही नयाँ । क्युआर कोडमा पनि त्यस्तै छ नियामकले अन्तरप्रयाेग र अन्तरआबद्धताकाे नियम बनाए पनि आजसम्म लागू गराएकाे छैन यसैले यसमा समेत एकाधिकार कायमै छ,’ उनले भने । 

नेपाली फिनटेक प्रोडक्टमा नयाँ भ्याल्यु थप गर्न चाहने ८, १० वटा कम्पनी आफ्नै जानकारीमा पनि रहेको उनले सुनाए । तर, बिडम्बना अहिले ती कम्पनी सबै विदेशी कम्पनीका लागि फिनटेक प्रोडक्ट निर्माण गर्छन् ।

ती कम्पनी भन्छन्, ‘यहाँको एकाधिकार र राजनीतिक झमेला सच्याइरहनुको सट्टा विदेशी कम्पनीका लागि काम गरौं जहाँ हाम्रो क्षमता र भिजनको कदर हुन्छ ।’ यसैले अहिले फिनटेक उद्योगका कतिपय कम्पनीहरू विदेशी प्रोडक्ट निर्माणका लागि आउटसोर्सिङ सेवा दिन्छन् । सबैतिर एक/ एकको एकाधिकार भएपछि सानालाई जाने ठाउँ नभएको र यो कुरा नियामकले बुझेर नीतिगत व्यवस्था गर्नुपर्ने उनको माग छ । 

यसबाहेक अन्य क्षेत्रमा झै स्वदेशी प्रविधि र क्षमतामािथ विश्वास नगर्ने परम्पराले यो प्रतिकूल परिदृश्यलाई मलजल गर्ने गरेको उनले सुनाए । तर, नेपाली बजारले नहेरे पनि स्विफ्ट टेक्नोलोजीले विश्वचर्चित बहुराष्ट्रिय जापानी कम्पनी फुजित्सुका लागि वालेट प्रोडक्ट निर्माण गरी प्राविधिक सहकार्यसमेत गरिसकेको छ । 

कोरिया, मंगोलियामा त स्विफ्ट टेक्नोलोजी रेमिट्यान्स सफ्टवेयरका लागि नम्बर एक कम्पनी नै भएको उनले बताए । यसबाहेक मलेसिया र जापानका टप रेमिट्यान्स कम्पनीहरूले पनि आफ्नो सेवा प्रयोग गर्ने गरेको उनले सवर्ग सुनाए । 

‘जापानी कम्पनीले जुन पायो त्यहीँ कम्पनीलाई कहाँ पत्याउँछन् र,’ भण्डारी भन्छन्, ‘उनीहरूले भेण्डर चयन गर्नेदेखि सफ्टवेयरको कन्फर्मेसन गर्न अघि जुन प्रक्रिया अपनाउँछन् एकदमै कडा र राम्रो हुन्छ ।

यहाँ हाम्रो प्रोग्रामरले लेखेको हरेक कोडमा रिभ्यू गरी रिपोर्ट पठाउँछन् । हाम्रो काम मनपराएर फुजित्सुले हाम्रोमा विकास भएको सोर्स कोड आर्किटेक्चर भारत, चीन जतिकै राम्रो छ भनेर हामीलाई रेकोमेन्डेसनसमेत दिएको छ । यो सर्टिफिकेसन हाम्रो लागि गौरवको कुरा हो ।’

यसबाहेक स्विफ्ट टेक्नोलोजीले फुजित्सुकै निर्देशनमा नेपालमै सोर्स कोड विकास अन्य कम्पनीमा त्यसको प्रयोग गराउने सम्झौतामा पनि हाल काम गरिररहेको भण्डारीले जानकारी दिए । 

नेपाली सफ्टवेयर निर्माणकर्ता कम्पनीहरूलाई सुरक्षाको मामिलामा पनि धेरै आरोप र गुनासाहरू आउने गर्छन् । तर, प्रविधिमा आधारित विश्वका सबै ठूला कम्पनीहरू पूर्णरूपमा सुरक्षित हुन लगातार काम गर्ने र एकपटक सुरक्षित भएपछि ढुक्क भएर बस्न नमिल्ने उनी बताउँछन् । 

पैसाको कारोबार गर्ने प्रविधिमा लागेको हुँदा डेटा गोपनियतादेखि सुरक्षाका हरेक पाटोमा आफूहरूले पूर्णरूपमा सुरक्षा मापदण्ड अपनाएको र आफू पीसीआई डीएसएस स्ट्याण्डर्डको कम्पनी रहेको उनले बताए । 

नेपाली फिनटेक प्रोडक्टमा नयाँ भ्याल्यु थप गर्न चाहने ८, १० वटा कम्पनी आफ्नै जानकारीमा पनि रहेको उनले सुनाए । तर, बिडम्बना अहिले ती कम्पनी सबै विदेशी कम्पनीका लागि फिनटेक प्रोडक्ट निर्माण गर्छन् ।

हाल स्विफ्ट टेक्नोलोजीले नेपालमै करिब ५०, ६० वटा वित्तीय संघ–संस्था, वालेट, रेमिट्यान्स कम्पनीहरूका लागि फिनटेक प्रोडक्ट निर्माण गरिरहेको उनले बताए । पछिल्लो समय एक दुईवटा बैंकले पनि आफ्नो सेवा लिएको र भोलिको दिनमा यो अवस्थामा अझ परिवर्तन आउनेमा उनी आशावादी छन् । सबैलाई समान अवसर र स्पेस प्रदान नगरी यो उद्योग नवप्रवर्तनतिर अघि नबढ्ने उनले बताए । 

‘मलेसिया, भारतमा हेर्यो भने त्यहाँ स्याण्ड बक्स लाइसेन्स हुन्छ । कसैले केही नयाँ नवप्रवर्तनको काम गर्छु भन्यो भने उसले चाढै सुरूवाती लाइसेन्स पाइहाल्छ । यो किसिमको माहोलको खाँचो नेपालमा पनि छ ।’

हाल विशुद्ध फिनटेक प्रोडक्ट कम्पनीका रूपमा काम गरिरहेको स्विफ्ट टेक्नोलोजी गर्नलाई यसैमा धेरै काम बाँकी रहेको कारण तत्काल कुनै नयाँ क्षेत्रमा गइहाल्ने योजनामा छैन । तर, कम्पनीले सर्भिस टेकमा पनि केही सहकार्य गरिरहेको छ । विशेषगरी खेल र बिमा प्रविधिमा । 

‘इन्स्योरेन्स कम अटोमेट भएको क्षेत्र हो । इन्स्योरेन्सको क्लेम गर्ने र उठाउने तरिका, बिमा गर्ने तरिका सबैमा मान्छे चाहिन्छ यसलाई अटोमेट गर्ने हाम्रो सोच हो,’ उनले भने ।  

उनी बैंकहरूलाई इनोभेसनमा खर्च गर्न र नियामकलाई त्यसमा सघाउने किसिमको प्रावधान ल्याउन आग्रह गर्छन् । यति भयो भने सेवाग्राहीले आभाष गर्ने गरी नयाँ सहजता आउनेमा उनी विश्वस्त छन् । एक/दुईवटा भेण्डरमा मात्र निहित नहुन उनकाे जाेड छ ।

नवीन प्रविधिलाई प्रयाेग गर्न नेपालीहरू हिचकिचाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको उनले बताए ।  
‘नेपालीहरूले प्रविधिलाई कति चाँडै ग्रहण गर्न सिक्छन् भन्ने कुरामा मैले अनुसन्धान पनि गरेको थिए । जसमा विश्वमा क्युआर सबैभन्दा चाँडो कार्यान्वयन भएको मुलुक नेपाल नै हाे भन्ने देखियाे ।

यति चाँडो कुनै पनि मुलुकमा भएन । कोभिडको पनि प्रभाव त परेकाे हाे तर नियामकदेखि बैंक वित्तीय संस्था सबैकाे प्रयास पनि थियाे । प्रयास गरेको खण्डमा त हुँदोरहेछ नि त ? हिजो प्रविधि प्रयोगमा सबैभन्दा गाह्रो रहेको असंगठित, न्यून शैक्षिक योग्यता मानिएको खुद्रा पसलहरू पनि एकदमै चाँडो डिजिटाइज भएको छ । नेपालीले प्रविधिहरूलाई कति चाँडो ग्रहण गरेका छन् भन्ने कुराको याे सही उदाहरण हो,’ उनले भने । 

फिनटेक प्रविधिमा नयाँ क्रान्ति ल्याउने सपना बोकेर स्थापना भएको स्विफ्ट टेक्नोलोजीमा हाल करिब सय जना इन्जिनियर कार्यरत छन् ।   
 

मङ्गलबार २९ भदौ २०७८ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया