टुटलका ग्राहकलाई आइएमई पे मार्फत भुक्तानी गर्ने सुविधा

टुटलका ग्राहकले यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । टुटल र आईएमईबीच शुक्रबार भएको सम्झौतापछि यो सेवा पाउने भएका हुन ।

टुटलको सेवामार्फत सम्पर्कमा आएका यात्रु तथा चालकहरुले आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तानी गर्न सक्ने भएका हुन् ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का प्रमुख सञ्चालन अधिकृत डेनियल श्रेष्ठ र टुटलका प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन् ।