स्मार्ट नेपाल बनाउन नेपाल टेलिकम पनि स्मार्ट हुनुपर्छः सञ्चारमन्त्री बास्कोटा

शनिबार नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमणमा बोल्दै मन्त्री बास्कोटाले गुणस्तर राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधै एक नम्बरमै भइरहनु पर्ने बताए  ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले स्मार्ट नेपाल बनाउन नेपाल टेलिकम पनि स्मार्ट हुनु पर्ने बताएका छन् ।

शनिबार नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमणमा बोल्दै मन्त्री बास्कोटाले गुणस्तर राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधै एक नम्बरमै भइरहनु पर्ने बताए  ।

नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील अग्रह गरिन ।

उनले कम्पनीका ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित र एकजुट भई आ–आफ्नो क्षेत्रबाट कार्य गर्ने कर्मचारीलाई अग्रह गरिन ।
पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्ज उद्घटन समेत गरे । एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।