७ सय ५ ओटा फोरजी टावर सञ्चालनमा ल्याउँदै नेपाल टेलिकम

टावरबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हालसम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले निकट भविष्यमै पूर्वाञ्चल क्षेत्रमा  सात सय पाँच ओटा फोरजी टावर सञ्चालनमा ल्याउने भएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टावरबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हालसम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुनेछ । उनले टावर निमार्णको लागि टेन्डर प्रक्रिया अगाडी सारीएको बताइन् ।

टेन्डरका लागी कम्पनी छनोट गरिने र छनोट भएका मध्य बाट पनि उत्कुष्ट एक कम्पनीलाई सो कामको जिम्मा दिइने निर्देशक राजभण्डारीले जानकारी दिइन् । अबको केही महिना भित्र सो टावर सञ्चालनमा आई त्यस क्षेत्रको स्थानिय बासिन्दालाई हालसम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुने उनको भनाई छ ।

टावर निमार्ण प्रक्रिया केही महिना लाग्न सक्ने भण्डारीले जानकारी दिइन् ।अन्य खर्चको बारेमा कुनै छलफल तथा सम्झौता नभएको राजभण्डारीको भनाई छ ।

कार्यक्रममा राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रविधिको तीव्र परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमानदारीका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील अग्रह गरिन् ।

कम्पनीका ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मतसम्भारलाई अझ छिटोछरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक सङ्ख्या र १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित एवम् एकजुट भई आआफ्नो क्षेत्रबाट कार्य गर्ने कर्मचारीलाई अग्रह गरिन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्ने उनको भनाई छ ।

बस्कोटाले पूर्वाञ्चाल क्षेत्रअन्तर्गतका दूरसञ्चार कार्यालय बिर्तामोड, इटहरी र धरानको पनि निरीक्षण भ्रमण गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले पनि ल्यान्डलाइन टेलिफोन सेवा मोबाइल सेवाभन्दा बढी भरपर्दो हुने भएकाले यस्तो सेवालाई थप विस्तार गरिदिन आग्रह गरे ।