कृषि विकास बैङ्क र एफवान सफ्टबीच इन्टरनेट बैङ्किङ सेवा सम्झौता

कृषि विकास बैङ्क र एफवान सफ्ट इन्टरनेसनल प्रालि बीच इन्टरनेट बैङ्किङ सेवाका लागि सम्झौता भएको छ।

सम्झौता अनुसार कृषि विकास बैङ्कका उपभोक्तालाई इन्टरनेटमार्फत बैङ्किङ सुविधा एफवानसफ्ट प्रालिले उपलब्ध गराउने बताइएकाे छ ।

बैङ्कको इन्टरनेट बैङ्किङ सेवाबाट उपभोक्ताले आफ्नो खाताका बारेमापूर्ण जानकारी लिन, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्नुका साथै बिभिन्न किसिमका बिलहरुको भुक्तानी गर्नसक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।

उपभोक्ताले ब्यावसायिक प्रयोजनका लागिपनि इन्टरनेट बैङ्किङमार्फत तलबब्यबस्थापन र दुईवटा सहीमार्फत चल्ने खाताको ब्यबस्थापन गर्न सक्ने बताइएको छ।

बैङ्कका अनुसार इन्टरनेट बैङ्किङ मार्फत उपभोक्ताले अन्य ४५ वटाबैङ्कहरुसँग अन्तर बैङ्किङ कारोबार गर्नसक्ने तथा इ-सेवावालेटमा रकम पठाउन सक्ने छन्।

सम्झौता पत्रमा बैङ्ककातर्फबाट प्रमुखकार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एफवान सफ्टका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे।