किर्ते गरी लाइन्सेन्स बनाउने सात जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौं बौद्ध बसोबास गर्दै आएका ३३ बर्षीय आङ्कुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने अमित पुर्पेटी, वैद्धका ४६ बर्षिय लाछु लामा, जोरपाटि बस्ने श्रीप्रसाद बुढाथोकी, नोर्बु लामा, जसिङ् तमाङ् र सितापाइला बस्ते रामचन्द्र गौतम पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले किर्ते लाइसेन्स बनाउने सातजनालाई पक्राउ गरेको छ ।

विदेशबाट जारी भएको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्ने क्रममा किर्ते कागजातहरू पेश गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने ३ जना र उक्त कार्यमा बिचौलियाको भूमिका निर्वाह गर्ने ४ जना पक्राउ गरेको सीआइबीले जनाएको छ ।सीआइबीे ब्यूरोबाट बिहीबार खटिएको टोलीले सो सङ्ख्यामा नक्कली सवारीचालक अनुमति पत्र बनाउनेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बौद्ध बसोबास गर्दै आएका ३३ बर्षीय आङ्कुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने अमित पुर्पेटी, वैद्धका ४६ बर्षिय लाछु लामा, जोरपाटि बस्ने श्रीप्रसाद बुढाथोकी, नोर्बु लामा, जसिङ् तमाङ् र सितापाइला बस्ने रामचन्द्र गौतम पक्राउ परेका हुन् ।

सात जनालाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्धामा म्याद लिई थप अनुसन्धान भइरहेको सीआइवीले जानकारी दिएको छ ।।