नेप्से ८ अङ्कले बढ्दा २५ करोडको कारोबार

कारोबार सुरु भएदेखि घट्न थालेको सूचक करिब ५ अङ्कसम्म झरेको थियो । तर, त्यसपछि भने एकाएक उकालो लाग्न थाल्यो । विनाकारण उक्लिएको सूचक ९ अङ्कसम्म माथी गयो र त्यसपछि फेरी झर्दै ४ अंक बढेको अवस्थामा कारोबार भयो । बजारको उतारचढाव त्यत्तिमै रोकिएन र फेरी उकालो लागेर सूचक ८ दशमलव शुन्य ४ अङ्कले बढ्यो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबार ८ दशमलव शून्य ४ अंङ्कले बढेको छ । घट्ने सङ्केतका साथ एक हजार १ सय ८० दशमलव ३६ अङ्कबाट सुरु भएको बजार १ हजार १ सय ८८ दशमलव ४० कायम भइ रोकिएको छ ।

कारोबार सुरु भएदेखि घट्न थालेको सूचक करिब ५ अङ्कसम्म झरेको थियो । तर, त्यसपछि भने एकाएक उकालो लाग्न थाल्यो । विनाकारण उक्लिएको सूचक ९ अङ्कसम्म माथी गयो र त्यसपछि फेरी झर्दै ४ अंक बढेको अवस्थामा कारोबार भयो । बजारको उतारचढाव त्यत्तिमै रोकिएन र फेरी उकालो लागेर सूचक ८ दशमलव शुन्य ४ अङ्कले बढ्यो ।

नेपाल राष्ट्र बैंकले केही दिनभित्र सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा सेयर कर्जा धितोको सीमा बढाउने भन्ने हल्ला चलेपछि लगानीकर्ता त्यसैको पछि लागेर बजार उचाल्न कोशिस गरेका छन् । तर, अहिलेकै अवस्थमा केन्द्रीय बैंकले मार्जिन धितोमा सहुलियत दिएपनि लगानीकर्ताले खासै फाइदा लिने स्थिति भने छैन ।

बुधबार नेप्सेमा ३ हजार ९ सय ४० कारोबारबाट ८ लाख ३३ हजार ८ सय ९१ कित्ता सेयर किनबेच भई २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम मंगलबारको तुलनमा बढी हो । मंगलबार पनि शुन्य दशमलव ६२ अङ्कको सुधार आएको नेप्सेमा २१ करोड ८१ लख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्सेमा वर्गिकृत १० समूह सूचकमध्ये कारोबार भएका ९ समूह सूचक बढेपछि त्यसको असर सूचकमा परेको हो । बुधबार व्यापार समूहको भने कुनै करोबार भएन । बुधबार सबैभन्दा बढी बीमा समूहमा ६० दशमलव ८६ अङ्कले वृद्धि भएको छ । यस्तै, होटल समूहमा २० दशमलव ८६ अङ्क, हाइड्रोपावरमा १९ दशमलव ५८ अङ्क र विकास बैङ्क समूहमा १३ दशमलव ८८ अङ्कको सुधार भएको छ ।

नेप्सेमा उत्पादनमूल तथा प्रशोधन समूह १२ दशमलव ८६ अङ्कले बढ्दा लघुवित्त समूहमा दोहोरो अङ्कको बृद्धि हुँदा बैङ्किङ, वित्त र अन्य समूहमा एकल अंकले बृद्धि भएको छ । सबै समूहमा उत्साहजनक सुधार भएको दिन बुधवार रैराङ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी बढेको छ ।