×

भीमसेनथापा गाउँपालिका–२ मा कांग्रेसकाे प्यानल नै विजयी

images

गोरखा । भीमसेनथापा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । भीमसेनथापा गाउँपालिकामा–२ को वडा अध्यक्षमा नारायण भट्टराईले ७ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका शेषनाथ भट्टराईले  ४ सय ८४ मत प्राप्त गरे।  कांग्रेसबाट वडा सदस्यहरूमा कमला खनाल, लक्ष्मण लामिछाने, रिता सुनुवार र डण्डापानी पाण्डे विजयी भएका छन् । 

साे गाउँपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका रोसन गुरुङले २ हजार ४ सय ५५ मतले अग्रता लिएका छन् भने माओवादीका लोकनाथ बन्जाराले १ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकै अमृता अस्ती( भट्ट)ले २ हजार ५ सय १९ मतले अग्रता कायम गरेकी छिन् ।

आइतबार​ १ जेठ २०७९ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया