बुधबार, असार २ २०७८ ०८:१५ PM

×

१ करोड लागतमा दोलखाका स्थानीय तह आफैले बनाउँदै अक्सिजन प्लान्ट

images

काठमाडौं । दोलखामा अक्सिजन अभाव हुन नदिन त्यहाँका स्थानीय तहहरुको संयुक्त लगानीमा अक्सिजन प्लान्ट बनाउने भएका छन् । 
पछिल्लो समय दोलखामा कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या बढ्दै गएको र अक्सिजनको अभाव हुन लागेपछि प्लान्ट निर्माणमा स्थानीय तह जुटेको हो ।

शनिबार जिल्ला संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैंठकले तत्कालै अक्सिजन प्लान्ट निर्माण गर्ने  र त्यसका लागि सबै स्थानीय तहले १२/१२ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय भएको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

छिटो भन्दा छिटो उत्पादन गर्ने गरि चरिकोट अस्पताल वा जिरी अस्पताल दुई मध्ये एक ठाउँमा प्लान्ट राख्ने गरि काम सुरु भएको उनले जानकारी दिए ।

अहिले जिरी अस्पतालमा अक्सिजन प्लान्टको लागि निर्माण कम्पनीले काम गरिरहेको हुँदा जिरीमै भयो भने लागत सस्तो पर्ने भएकोले पहिला त्यहाँको अवस्था बुझ्ने र त्यहाँ नभए चरिकोटमा तत्कालै स्थापना गरेर अगाडी बढ्ने अध्यक्ष पोखरेलको भनाई छ ।
दोलखामा २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाहरु रहेको छ ।


 

शनिबार १ जेठ २०७८ ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया