काठमाडौं । रियलमीअन्तर्गतको डिजो ब्राण्ड नेपालमा भित्रिएको छ । पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेडले आधिकारिक बितरकका रूपमा डिजोलाई नेपाल भित्र्याएको आधिकारिक घोषणा गरेको छ ।
डिजोले नेपलामा चार वर्गका टेक प्रोडक्ट स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्टहोम, स्मार्ट केयर र एक्सेसरिजहरू नेपालमा ल्याउनेछ । डिजोका यी नयाँ प्रोडक्टहरूले रियलमीका एप्लिकेसनहरूसँग लिंक गरी काम गर्न सक्ने छन् ।
डिजोले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सको सपोर्ट भएका आईओटी डिभाइसहरूको पोर्टफोलियोमा केन्द्रित रहेर व्यापार गर्ने उद्देश्य लिएको कम्पनीले बताएको छ ।
यससँगै कम्पनीले नेपालमा डिजो ब्रान्ड फिचर फोनको मोडल स्टार ३०० पनि सार्वजनिक गरेको छ जसमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, डुअल माइक्रो सिम सपोर्टका साथ२५५० एमएएचको ब्याट्री छन् ।
साथै कम्पनीले अर्को मोडल स्टार ५०० पनि सार्वजनिक गरेको छ । यसमा प्रिमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, डुअल सिम सपोर्टसहितको १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ । एआईओटी गोपड्सका साथ साथै गो पड्स डी र स्मार्ट घडी सार्वजनिक भएका छन् ।
जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्छ । डिजो स्टार ३०० को मूल्य २ हजार ७८ रुपैयाँ, डिजो स्टार ५०० को मूल्य २ हजार ८ सय ७८, गोपड्सको मूल्य ६ हजार ६९, गोपड्स डीको मूल्य २ हजार ८ सय ९९ र स्मार्ट घडीको मूल्य ६ हजार ४ सय ६४ रुपैयाँ रहेको छ ।