काठमाडौं । लगातार वर्षाले सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा ठूलो क्षति पुर्याएको छ।
मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्पसमेत बगाएको छ । मेलम्ची र ईन्द्रावती नदीमा आएको लेदोसहितको बाढीले घर र पुलमा क्षति पुर्याएको देखिएको छ । लेदोसहित बाढी आउँदा धेरै क्षति पुगेको छ। लेदोले नदी आसपासका घरहरू पुरिएका छन् ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी गराएका छन् ।
मन्त्री तामाङका अनुसार मेलम्ची खानेपानी बाँधमासमेत केही क्षति पुगेको छ । यस्तै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ। यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको छ ।
बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। बाढी र ठाउँठाउँमा झरेका पहिरोले सडकहरूमा पनि क्षति पुर्याएको छ।